गृहपृष्ठ Featured श्रृङ्गीघाट सामुदायिक वनको  नवौ वार्षिक साधारण सभा सम्पन्न

श्रृङ्गीघाट सामुदायिक वनको  नवौ वार्षिक साधारण सभा सम्पन्न

प्रकाशित मिति:

श्रृंङ्गीघाट सामुदायिक वन वाणगंगा कपिलवस्तुको नवौ वार्षिक साधारण सभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ । वाणगंगा नगरपालिका वडा नं. १,३, ४ र ५ मा फैलिएको उक्त सामुदायिक वनको साधारण सभा तथा अधिवेशन सम्पन्न भएको हो । कार्यक्रममा आर्थिक बर्ष २०७५/७६ को प्रगति प्रतिवेदन तथा आर्थिक बर्ष २०७६/७७ को निति तथा कार्यक्रम बार्षिक कार्यक्रम र अनुमानित आय व्याय प्रस्तुत गरिएको थियो । प्राकृतिक स्रोत सबैको साझा हो, भोलिको लागि संरक्षण गर्ने आज हो भन्ने मुल नाराका साथ सम्पन्न साधारण सभामा वनका अध्यक्ष रेनु सेनले वार्षिक निति तथा कार्यक्रम, सचिव कृष्ण प्रसाद पौडेलले प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष मीरा चौधरीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकि थिइन् । अधिवेशन भने टुंगिएको छैन । पदाधिकारी चयनका लागि निर्वाचन मण्डल गठन गरिएको छ ।

 

कार्यक्रमलाई सम्बोधन गर्दै डिविजन वन कार्यालय तौलिहवाका प्रमुख ईश्वरी प्रसाद पौडेलले सामुदायिक वनहरुले जैविक वातावरणको संरक्षण गर्नुका साथै ग्रामिण समुदायको जीवन स्तर उकास्ने कार्य गरेको बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका पौडेलले वन र जिवित प्राणीको प्रत्यक्ष सम्बन्ध रहेकाले वनको संरक्षण गर्नु हरेक जिवित प्राणीको संरक्षण गर्नु हो भन्दै श्रृंङ्गीघाट वनको प्रशंसा गरे । उनले वनबाट अक्सिजन जस्तो महत्वपुर्ण पक्ष, आवश्यक काठ, जडिबुटि, घाँस दाउरा उत्पादन गरि आय आर्जनमा बृद्धि हुने हुँदा वनको संरक्षणका लागि पदाधिकारीहरु तथा उपभोक्ता सबैको भुमिका महत्वपुर्ण रहने बताए ।

विशिष्ठ अतिथि वडा नं. ४ का वडाअध्यक्ष गणेश बहादुर क्षेत्रीले उक्त सामुदायिक वनले यस क्षेत्रमा उल्लेखनिय कार्य गरेको बताउँदै वनले उत्पादन क्षेत्रमा पनि लगानि गर्नुपर्ने बताए । उनले आधुनिक वन व्यबस्थापन आवश्यक रहेको बताउदै वडाबाट हुने सहयोग गर्न तत्पर रहेको बताए । त्यस्तै वनका अध्यक्ष रेनु सेनले ४ सय ९९ दशमलव २५ हेक्टर क्षेत्रफलमा फैलिएको उक्त वन २०६६ सालमा विधिवत रुपमा ८३ हेक्टर सामुदायिक वनको दर्ता भई २०७० साल सम्म वनको संरक्षण सम्बद्र्धन गर्दै आएको र राज्यको नितिनियम तथा समयको माग बमोजिम उपभोक्ताहरुको बढ्दो आवश्यकता चाहाना बमोजिम सञ्चालन भएको बताईन् । उनले वन वैज्ञानिक वन व्यबस्थापनमा गए पश्चात उपभोक्ताको काठ दाउराको मागलाई सहज रुपमा परिपुर्ति भएको बताईन् । बनका अध्यक्ष रेनु सेनको अध्यक्षता, , सव डिविजन कार्यालय मोतिपुरका उमेश कुमार शाह,  कृष्ण प्रसाद भट्राई, विभन्न वन, राजनिनितिक दल तथा संघ संस्थाका प्रतिनिध, जनप्रतिनिधि, वनका पदाधिकारी एवम् उपभोक्ताको उपस्थिती रहेको कार्यक्रम सचिव कृष्ण प्रसाद पौडेलको सञ्चालनमा सम्पन्न भएको हो ।

सम्बन्धित् समाचार