गृहपृष्ठ Featured प्रथम गैडहवा ताल महोत्सव फागुन १ गते देखि सुरु हुँदै

प्रथम गैडहवा ताल महोत्सव फागुन १ गते देखि सुरु हुँदै

प्रकाशित मिति:

गैडहवा गाउपालिकामा रहेको रुपन्देही जिल्लाकै ठूलो ताल गैडहवा तालको प्रचार प्रसार गरी पर्यटन प्रबद्र्धन गर्नका लागि यही पाmगुन १ गते देखि प्रथम गैडहवा ताल महोत्सव–२०७६ हुने भएको छ ।

रुपन्देही र कपिलबस्तुका संचारकर्मीहरुका बिचमा पत्रकार सम्मेलन गरी गैडहवाताल महोत्सव हुने जानकारी गराउदै गैडहवा गाउपालिकाका अध्यक्ष तथा प्रथम गैडहवाताल महोत्सव २०७६ संचालन मुल समितिका संयोजक बच्चु केवटले विश्व सिमसार क्षेत्रमा सुचिकृत गंैडहवा तालको संरक्षण र सम्वद्र्धन गर्ने उद्देश्यले “कृषि, शिक्षा, स्वास्थ्य, रोजगार र व्यापार, पर्यटन सहितको पूर्वाधार विकास” भन्ने मूल नाराका साथ आगामी फागुन १ गतेदेखि १० गते सम्म सञ्चालन हुने “प्रथम गैंडहवा ताल महोत्सव २०७६” को आयोजना गर्न लागेको बताएका छन् ।

”गैडहवा ताल घुम्न जाऔं, डुङ्गामा चढी सरर रमाऔं, नेपाल भ्रमण वर्ष २०२० सफल पारौ”ं “बाह्य र आन्तरिक पर्यटन प्रर्वद्धन गरौं, गैंडहवा ताल महोत्सव २०७६ सफल पारौं” “हाम्रो अभियान पर्यटकको मान सम्मान, गैंडहवा ताल हाम्रो शान” लगायत नारा सहित संचालन हुन लागेको प्रथम गैडहवा महोत्सवले ओझेलमा परी सधै उपक्षित हुदै आइरहेको गैडहवा तालको संसारभर प्रचार भई लुम्बिनीमा आउने पर्यटकहरुलाई आवास सहितको भ्रमण गर्नमा उत्साहित गराउने अध्यक्ष केवटको बिश्वास छ ।

अध्यक्ष केवटले संचारकर्मीहरुको जिज्ञासाको जवाफ दिदै नेपाल सरकारले भ्रमण वर्ष २०२० मनाईरहेको सन्दर्भमा प्रदेश नं ५ मा पर्यटनको प्रचुर सम्भावनालाई उजागर गर्न यो महोत्सव फलदायी हुने विश्वास व्यक्त गरे । उनले गैंडहवा तालको प्रचार प्रसार नहुँदा यसको वास्तविक अवस्था बाहिर आउन नसकेकोले तालको प्रचार प्रसारको साथसाथै ताललाई पर्यटनको गन्तव्य बनाएर आन्तरिक तथा बाह्य पर्यटन भित्राउने लक्ष्य लिइएको बताए ।

अध्यक्ष केवटले गैंडहवा गाउँपालिकाको वडा नं १ र ४ मा थारु होम स्टे सञ्चालन गर्ने र वडा नं २ को जोगडेश्वर महादेव मन्दिर, वडा नं ५ को रामजानकी मन्दिर, वडा नं ९ को बोटानिकल गार्डेन र वडा नं ७ को बुद्ध गार्डेनको रुपमा विकास गर्दै गैडहवा ताललाई गाउँपालिकाको वडा नं ९ स्थित तुल्सीहवा तालसँग जोडेर जल पर्यटनको रुपमा विकास गर्न सकिने बताउदै गाउँपालिकाको ८ नं वडामा रहेको देउराली सामुदायिक वनमा रहेको बाल उद्यानलाई पर्यटकीय रमणीय पार्क बनाउने योजना रहेको बताए ।

प्रचार प्रसार उपसमितिका संयोजक तथा गैडहवा गाउपालिका वडा नं. ८ का वडा अध्यक्ष भुवन बहादुर रानाले महोत्सवको प्रचार प्रसारमा संचारकर्मीहरुको महत्वपुर्ण भुमिका रहने बताए । उनले रुपन्देहीको शानको रुपमा स्थापित गर्ने गरी गैडहवातालको हरेक संचार गृहहरुबाट समाचार, लेख, श्रब्य तथा दृष्य रिपोर्ट, फिचर र अनुसन्धनात्मक लेखहरु प्रकाशन प्रसारण गर्न समेत आग्रह गरे । वडा अध्यक्ष रानाले ८४ विघा क्षेत्रफलमा रहेको तालको ५० विघा क्षेत्र जलाशययुक्त रहेको तालमा २ सय प्रजातिका चराचुरुङ्गी पाइने तालमा घस्रने प्रजातिका मात्रै २० रहेको बताउदै गैडहवामा एशियाकै दोस्रो ठूलो जटायु रेष्टूरेण्ट पनि गैडहवाको अर्को आकर्षण बन्न सक्ने र रेष्टुरेण्टको पनि प्रचार गरिदिन आग्रह गरे ।

लुम्बिनीमा अध्ययन र मनोरञ्जनका लागि आउने पर्यटकका लागि समेत सम्भावना बोकेको गन्तव्यको रुपमा बिकास गर्न र आन्तरिक तथा वाह्य पर्यटकलाई तालमा डुङ्गामा शयर गराउनका लागि डुङ्गा समेत खरिद गरिएको बताए ।

पत्रकार सम्मेलन पछि डुंगाको उद्धघाटन गरी संचार कर्मीहरुलाई गैडहवा तालमा डुंगा मार्फत तालको भ्रमण गराइएको थियो ।

महोत्सव प्रचार प्रसार उपसमितिका संयोजक भुवन रानाको अध्यक्षता, मुल समितिका संयोजक बच्चु केवटको प्रमुख आतिथ्यता, उप संयोजक लुम्बिनी बिकास मञ्चका अध्यक्ष संदिप गुप्ताको स्वागत तथा प्रेस कोर्डिनेटर जगिलाल थापाको संचालमा पत्रकार सम्मेलन सम्पन्न भएको थियो ।

सम्बन्धित् समाचार