शैक्षिक क्षेत्रमा जिल्लामै उत्कृष्ट लुम्बिनी लर्निङ् सेन्टर प्रा.लिको आयोजनामा फागुन २ र ३ गते लेखाई सिप सहितको २ दिने निःशुल्क कमाण्डो क्लास हुने भएको छ । एस.ई.ई. दिने विद्यार्थीहरुका लागि काठमाण्डौ तथा बुटवलका दक्ष विषय विशेषज्ञहरुद्धारा विभिन्न बिषयहरुको लेखाई सीप क्षमता विकास सम्बन्धी प्रशिक्षण आयोजना गरिएको बताईएको छ । अनिवार्य गणित, विज्ञान, सामाजिक अध्ययन बिषयहरुमा लेखाई सीप परिक्षण सम्बन्धी प्रशिक्षण दिईने सेन्टरले जनाएको छ । यस अघि सेन्टरले घोषणा गरेको कार्यक्रम क्विजमा सबै विद्यार्थीहरु सहभागि हुनबाट बञ्चित हुने तथा जिल्लाका अधिकांश विद्यार्थीहरुमा ज्ञान हुदाहुदै पनि लेखाई शैली कमजोर देखिएकाले लेखाई सिप क्षमता अभिवृद्धि सम्बन्धी कार्यक्रम आयोजना गरिएको बताईएको छ ।
विभिन्न शैक्षिक क्रियाकलाप संगसंगै विद्यार्थीहरुमा अतिरिक्ति क्रियाकलापको क्षमता विकास गर्ने खालका विभिन्न कार्यक्रम गर्दै आएको लुम्बिनी लर्निङ् सेन्टर प्रा.लिले एस.ई.ई.को तयारी गरिरहेका विद्यार्थीहरुका लागि उक्त कार्यक्रमको आयोजना गर्न लागिएको प्रबन्धक असीम क्षेत्रीले बताएका छन् ।
विषयवस्तुको ज्ञान हुँदाहुँदै पनि लेखाई सम्बन्धि सीपको अभावले धेरै विद्यार्थीहरुले सोँचे जस्तो नतिजा प्राप्त गर्न नसकेकोले विद्यार्थीहरुको अलमल अन्त्य गर्न कार्यक्रमले महत्वपूर्ण भुमीका खेल्ने अपेक्षा गरिएको छ ।
विद्यार्थीहरुको बौद्धिक क्षमता संग संगै विषयवस्तुको ज्ञान, राजनितिक तथा समसामाहिक अवस्थाको बारेमा जानकारीको मुल्यांकन गरि नेतृत्व विकास गर्न उक्त कार्यक्रमले महत्वपुर्ण भुमिका खेल्ने शैक्षिक व्यक्तिहरुले औल्याएका छन् । कार्यक्रममा जिल्लाभरका सामुदायिक तथा संस्थागत विद्यालयका एस.ई.ई. दिने विद्यार्थीहरुले मात्र सहभागिता जनाउन पाउने छन् ।
सेन्टरले विभिन्न शैक्षिक क्रियाकलाप संगसंगै विद्यार्थीहरुमा अतिरिक्ति क्रियाकलापको क्षमता विकास गर्ने खालका विभिन्न कार्यक्रम निरन्तर रुपमा गर्दै आएको शैक्षिक निर्देशक नविन चौधरीले बताए ।