गृहपृष्ठ Featured डिनको कार्यालयद्धारा अभ्यास पाठ्यक्रम सम्बन्धी प्रबोधीकरण

डिनको कार्यालयद्धारा अभ्यास पाठ्यक्रम सम्बन्धी प्रबोधीकरण

प्रकाशित मिति:

त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकाय डीनको कार्यालय बल्खुको आयोजना तथा सिद्धार्थ क्याम्पसको सह–आयोजनामा एम एड् चौथो सेमेस्टरको शिक्षण अभ्यास पाठ्यक्रम सम्बन्धी प्रबोधिकरण कार्यक्रम सम्पन्न गरिएको छ । सिद्धार्थ क्याम्पसको सभाहलमा सम्पन्न प्रदेश स्तरिय उक्त कार्यक्रममा १२ जिल्लाका २६ वटा शिक्षा क्याम्पसका क्याम्पस प्रमुख, अभ्यास शिक्षण संयोजक तथा प्रध्यापकहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा अभ्यास शिक्षण सम्बन्धि विद्यार्थीहरुलाई कसरी अध्यापन गराउने, सैद्धान्तिक तथा अभ्यासात्मक शिक्षण कसरि गराउने भन्नेबारे स्पष्ट पारेका थिए । कार्यक्रमका प्रमुख अतिथि शिक्षा शास्त्र शंकाय डिनका प्राध्यापक कृष्ण प्रसाद गौतमले सम्पुर्ण विद्यार्थीहरुले बुझ्ने गरि पाठ्यक्रम तयार पार्नुपर्ने बताए । उनले विभिन्न क्याम्पसका प्राध्यापकहरुलाई शिक्षा ऐन अनुसार चल्न आग्रह गरे । कार्यक्रममा सह–प्राध्यापक डा.शोभाखर कंडेल, उप प्राध्यापक नारायण प्रसाद अधिकारीले प्रशिक्षण दिदै अभ्यास पाठ्यक्रम सम्बन्धी स्पष्ट पारेका थिए ।

शिक्षा शास्त्र संकायका सहायक डिन सह–प्राध्यापक रवि किरण अधिकारीको अध्यक्षता रहेको कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष झविलाल पोख्रेल, उपाध्यक्ष रविबहादुर काफ्ले, राष्ट्रिय सभा सदस्य बिमला घिमिरे लगायतको आतिथ्यता, क्याम्पस प्रमुख खेमराज शर्मा, को स्वागत मन्तब्य तथा सहायक क्याम्पस प्रमुख बेदराम अर्यालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।

सम्बन्धित् समाचार