गृहपृष्ठ Featured मधुवन सामुदायिक वन उपभोक्ता समुहको १६औं वार्षीक साधारण सभा सम्पन्न

मधुवन सामुदायिक वन उपभोक्ता समुहको १६औं वार्षीक साधारण सभा सम्पन्न

प्रकाशित मिति:

मधुवन सामुदायिक वन उपभोक्ता समुहको १६औं वार्षीक साधारण सभा एक कार्यक्रमका बीच सम्पन्न भएको छ । कार्यक्रम वाणगंगा ८ मधुवन, कपिलवस्तुमा वनको आफ्नै सभाहलमा सम्पन्न भएको हो । मधुवन सामुदायिक वनको स्थापना देखि हालसम्म आउँदा वन विकास र संरक्षणको क्षेत्रमा लामो समयदेखि क्रियाशिल रहँदै विभिन्न कारणहरुबाट स्वर्गारोहण भएका स्वर्गीय नागेस खनाल, गोपी चन्द्र भण्डारी, लिमान सिंह पुन, स्वर्गीय रुद्रबहादुर भुसाल प्रति गहिरो सम्झना गर्दै कार्यकाल अवधिमा गरेको कार्यको उच्च मूल्याङ्कन सहित श्रद्धाञ्जली व्यक्त गर्दै कार्यक्रमको उद्घाटन गरिएको थियो ।

कार्यक्रममा वनका सचिव शान्ति पौडेलले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने आर्थिक वर्ष २०७६।०७७ को आर्थिक प्रतिवेदन वनका कोषाध्यक्ष तुल्सी पौडेलले प्रस्तुत गरेकि थिईन् ।

कार्यक्रममा बोल्दै नेपाल सामुदायिक वन उपभोक्ता महासंघ कपिलवस्तुका हुमनाथ भट्टराईले वनको व्यावस्थापन, गरिव उपभोक्ताहरुलाई कसरी माथी उठाउने, वनको हेरचाह कसरी गर्ने भन्ने कुराहरु सबैले बुझ्न जरुरी रहेको बताउनुभयो । यस्तै उहाँले सामुदायिक वनहरुले बाटोघाटोको काम मात्रै नगरेर लक्षित वर्गका लागि विशेष कार्यक्रमको व्यवस्था गर्नुपर्ने बताए ।

कार्यक्रममा वनका सम्पूर्ण पूर्व अध्यक्षहरुलाई दोसल्ला ओढाएर सम्मान समेत गरिएको थियो । सो कार्यक्रममा वनमा अहोरात्र खटेर काम गर्दा गर्दै मृत्यु भएका सदस्यका परिवारलाई पनि  सम्मान गरिएको थियो ।

कार्यक्रममा मधुवन सामुदायिक वनका अध्यक्ष खिमलाल खरेलको अध्यक्षता, नेपाल सामुदायिक वन उपभोक्ता महासंघ कपिलवस्तुका हुमनाथ भट्टराईको प्रमुख आतिथ्यता, महिला सदस्य गिता भुसालको विशिष्ट आतिथ्यता रहेको थियो । यस्तै  वनका पदाधिकारीहरु, स्थानीय, वनका उपभोक्ताहरु लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा वनका उपाध्यक्ष शालिकराम भुसालको स्वागत तथा वनका सचिव शान्ता पौडेलनमा कार्यक्रम सम्पन्न भएको थियो ।

सम्बन्धित् समाचार