गृहपृष्ठ Featured कपिलवस्तुमा अवैध रुपमा माछाका भुरा व्यापार गर्दै भारतीय समुह, स्थानीय सरकार मौन

कपिलवस्तुमा अवैध रुपमा माछाका भुरा व्यापार गर्दै भारतीय समुह, स्थानीय सरकार मौन

कपिलवस्तुमा अवैध रुपमा संचालित माछाका भुरा व्यापार मौलाउँदै गएको छ ।
जिल्लाको बाणगंगा लगायतका विभिन्न क्षेत्रमा भारतबाट आएको समुहले मांगुर माछाका भुराहरु व्यापार गर्दै आएका छन् । मांगुर माछाका भुराहरु दर्ता विना खुलेयाम भारतीय समुहले बिक्री गर्दा समेत सम्वन्धित निकायको ध्यान पुग्न सकेको छैन । यसरि स्थानीय सरकार र उद्योग बाणिज्य संघले समेत यति लामो समय सम्म वास्ता नगर्दा स्थानीय व्यापारिहरु वैखरी अनलाईनको डेक्स सम्म आएका हुन ।

विना दर्ता यसरी फर्महरु संचालन गरी अवैध कारोबार फस्टाउँदा सम्म नगरपालिका टुलु टुलु हेरेर बसेको स्थानीय व्यापारीको गुनासो रहेको छ । यसले बाणगंगा लगायत जिल्लाका अन्य स्थानीय व्यापारिहरु ठुलो मर्कामा परेका छन् । देशमै केहि गरौँ भने पनि देशको यस्तो अवस्था हेर्दा युवाहरुले लगानि लगाउन सक्ने स्थिति देखिँदैन । स्थानीय सरकारले स्थानिय व्यापारिहरु माथि जति निगरानि र आर्दशका कुराहरु गर्छन त्यति अवैधरुपमा संचालित भारतीय व्यापारीहरुलाई किन गर्दैनन् भन्ने प्रश्न उठ्न थालेको छ ।

बाणगंगाको चार नम्वर जितपुर जाने बाटोमा सचांलीत रहेको भुरा माछा पसलका संचालक रतन चौधरीले आफ्नो पसल दर्ता विनानै १७ बर्ष सम्म यसरी संचालित रहेको बताए । कपिलवस्तु लगायत २०० जति स्थानमा यसरी भुरा माछाका व्यापारीहरु रहेको उनी बताउँछन् ।

सम्बन्धित् समाचार