शितगंगा उद्योग बाणिज्य संघको आयोजनामा फागुन १ गते देखि १२ गते सम्म हुन लागेको प्रथम शितगंगा कृषि पर्यटन तथा औद्योगिक ब्यापार महोत्सवको सम्पूर्ण तयारी पुरा भएको आयोजक शितगंगा उद्योग बाणिज्य संघले जनाएको छ । आज महोत्सव स्थलमा पत्रकार सम्मेलन गर्दै महोत्सवको सम्पूण तयारी पुरा भएको महोत्सव मुल आयोजक समिति संयोजक चिन्तराज अधिकारीले जानकारी दिनु भयो ।
महोत्सवमा १०५ स्टल रहने र २ करोडको कारोवार हुने अपेक्षा रहेको अधिकारीले जानकारी दिनु भयो । पहिलो पटक महोत्सव सञ्चालन गर्न लागेकोले धेरै कुरा सिकाइमा रहेको बताउदै संयोजक अधिकारीले ब्यवस्थापनमा भएका कमजोरीलाइ सुझावको रुपमा लिँदै परिर्वतन गर्न तयार रहेको बताउनु भयो । महोत्सवको उद्धघाटनको दिन बिभिन्न झाकी सहित भब्यरुपमा उद्धघाटन गर्ने योजनाका साथ १० वटा बस निशुल्क बिभिन्न स्थानमा पुराउने महोत्सवका यातायात उपसमिति संयोजक नारायण बन्जाडेले जानकारी गराउनु भयो । महोत्सवमा स्थानिय स्थरमा उत्पादन खशिबोका , लोकल कुखुरा, दुधका परिकार, स्थानिय उत्पादनहरुको स्टलको बिष्ेस ब्यवस्था रहने शितगंगा उद्योग बाणिज्य संद्दका उपाध्यक्ष मणिराम अधिकारीले जानकारी गराउनु भयो । शितग)गाका ऐतिहासिक धार्मिक संस्कृतिक र पर्यटक तथा पुरातात्विक स्थलहरुको प्रचार गरी सम्बद्र्धन र संरक्षण गर्ने जिल्लाको समग्र आर्थिक, धार्मिक, सांस्कृतिक, पुरातात्विक, ऐतिहासिक, पर्यटकीय तथा कृषि औधोगिक व्यापार व्यवसायको शीप र ज्ञानको अनुभव आदान गर्ने गराउने कृषि प्रविधि, उत्पादन तथा व्यवसायिकता तथा स्वः रोजगारका लागि व्यवसायिहरु लाई प्रोत्साहन गर्ने तथा त्यस्ता उत्पादनहरुको प्रवद्र्धन एवं बजारीकरणमा सहयोग पु¥याउने उदेश्यले सञ्चालन हुन लागेको महोत्सवमा बिभिन्न राष्टिय तथा स्थानिय कलाकारको प्रस्तुती रहने छ
महोत्सवको प्रदेश सरकारका बन बातावरण तथा पर्यटन मन्त्री लिला गिरीले उद्धघाटन गर्ने आयोजकले जनाएको छ । महोत्सवमा शितगंगा नगरपालिका लगायत जिल्लाका बिभिन्न सघ संस्थाहरुलाई झाँकी सहित उपस्थित हुन अनुरोध गरिएको छ