तत्कालीन माओवादीले २०५२ साल फागुन १ गते सुरु गरेको शसस्त्र युद्धको सम्झनामा हरेक बर्ष मनाइदै आएको यो दिवसमा यसपटक प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुनुहुने भएको छ ।
तत्कालिन एमालेबृत्तले जनयुद्धको स्वामित्व ग्रहण गर्न रुचि नदेखाएको भनेर आलोचना भइरहँदा पार्टी एकतापछिको दोस्रो जनयुद्ध दिवसमा भने प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष ओली कार्यक्रममा सरिक हुन लाग्नुभएको हो ।
नेकपा केन्द्रीय कार्यालयले जारी गरेको सूचनाअनुसार धुम्बाराहीमा हुने औपचारिक कार्यक्रममा कार्यकारी अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री ओली दुबै सहभागी हुँदैछन ।
पार्टी कार्यालयले जारी गरेको सूचना अनुसार आज विहान ९ बजे अध्यक्षद्वय ओली तथा दाहाल जनयुद्धका शहीदहरूको स्मृतिमा आयोजित श्रद्धाञ्जली सभामा उपस्थित हुनुहुनेछ ।