गृहपृष्ठ Featured कपिलवस्तुका पारसको दादागिरि, दशकाै देखि चलन चल्तीको बाटो जेसिबि लगाएर भत्काए

कपिलवस्तुका पारसको दादागिरि, दशकाै देखि चलन चल्तीको बाटो जेसिबि लगाएर भत्काए

ढाई दशक देखि चलन चल्तीको कपिलवस्तु नगरपालिका वडा नं ४ अन्र्तगत पिपरी डालपुर ग्राभेल सडक स्थानीय पारस बढईले जेसिबि लगाएर भत्काएका छन । सडक बनाउदा आफनो मात्र जग्गा पारेका भन्दै उनले ढेड महिना अघि ३० मिटर जति बाटो भत्काएका हुन । बाटोका दुबै तर्फ ठुलो खाल्टो बनाएका छन। भने बाटो खेतमा परिणत भएका छ । ढाई दशक अघि भत्काइैएको सो बाटोको जग्गा पारसको ससुराको नाममा थियो ।

उनले बाटो निर्माणकालागि मौखिक सहमति दिए पछि ७ सय ५० मिटरको बाटो निर्माण भएको स्थानीय बताउछन । सो बाटोमा नगरपालिकाले ३ पटक बजेट लगानी गरी सडक बनाएको जनाएको छ । । पिपरी डालपुर अन्र्तगत ७५० मिटर लामो रहेको यो बाटो ६ मिटर चौडा रहेको छ । २५ बर्ष पुरानो यो बाटो पहिलाको चलन चल्तीको बाटो रहेको र हाल विस्तार गरी ठुलो गरिएको हो । पारस बढई ले बाटो निर्माण गर्दा आफो हकभोगको जग्गा मात्र सडक बनाएकाले भत्काईएको बताए ।

आफनो जग्गामा मात्र सडक बनाईएको अर्को पट्टी रहेको ललाउ कुर्मीको जग्गा छाडिएको उनले बताए । ललाउले सडककालागि जग्गा दिए आफुले पनि दिन तयार रहेको उनले बताए । उता ललाउले ढाई दक देखि चलनचल्तीको बाटो भएको र तत्कालनि सयममा पारसका ससुराले सडक निर्माण गर्दा जग्गा दिएको दाबी गरे । बाटो बिग्रदा डालपुरमा रहेका २३ घरधुरीलाई आउाजाउ गर्न समस्या भएको छ । सो बाोमा दिनहुजसो दुटना हुने गरेको स्थानीय प्रमोद यादव बताउछन ।

आफु पनि यहि बाटो प्रयोग गरी हिड्दा मोटर साइकल बाट लडेको यादवले बताएका छन । सो बाटो भई पिपरी आधारभुत बिद्यालयमा जाने ढेड दर्जन बालबालिका समेत समस्यामा परेकोछ । कक्षा ५ मा पढने पुजा यादव डालपुर गाउ बाट स्कुल पढन आउदा बाटो खनिएको हुदा आफु लगाएत अरु विद्यार्थी लाई पनि आवत जावतमा समस्या भएको बताउछीन । गैर कानुनीरुपमा सडक खनिउको बिषयमा नगरपालिकाले गंभीर ध्यानाकष्र्ण भएको जनाएको छ । नगर प्रमुख किरण सिंहले चलनचल्तकिो बाटो खन्नु अबैधानिक भएको बताए । उनले सो बिषयमा प्रहरी र प्रशासनमा जानकारी गराएको बताए । गैर कानुनीरुपमा सडक खन्नेलाई अनुसंधान गर कारबाही प्रकृया अघि बढाईने बताए ।

सम्बन्धित् समाचार