गृहपृष्ठ Featured स्मरण गर्दै कपिलवस्तुमा पनि १४३ औं लखन स्मृति दिवस मनाईयो

स्मरण गर्दै कपिलवस्तुमा पनि १४३ औं लखन स्मृति दिवस मनाईयो

प्रकाशित मिति:

प्रथम सहिद क्याप्टेन लखन थापाको १४३ औं लखन स्मृति दिवस आज एक कार्यक्रमका बिच मगर सभाहल वाणगङ्गा नगरपालिका ८ बोर्डगाउमा सम्पन्न भएको छ । उक्त कार्यक्रममा वाणगंगा नगरपालिकाका मेयर मङगल प्रसाद थारुको प्रमुख आतिथ्यतामा भएको थियो । मेयर थारुले लखन थापा जस्ता सहिदहरुलाई सम्मान गर्दै उहाँले देश र जन्तालाई देखाएको बाटोे सिद्धान्तालाई अनुशरण गरेर अगाडि बढ्नु पर्ने बताए । बहुलजाती बहुभाषिक बहुसस्कृतिक मूल्य बोकेको हाम्रो देशमा जातिय बिभेदको अन्त्य गदै सबै एकजुट भएर अगाडि बढ्नुपर्ने उनकाे भनाइ थियाे ।

नेपाल मगरसंघ जिल्ला समन्य कपिलवस्तुको आयोजनामा भएको कार्यक्रममा नेपाल मगर संघका केन्द्रिय सदस्य लक्ष्मी सारु मगर , नेपाल मगर संघ प्रदेश न।५ का सदस्य कुलबहादुर सोमै मगर, नेकपा प्रदेश कमिटीका कृष्ण प्रसाद पौडेल , वडा न २ का वडाअध्यक्ष बिष्णु पौडेल , कपिलवस्तु नागरिक समाजका अध्यक्ष दोलख बहादुर पछाई , नेपाल मगर संघ कपिलवस्तु जिल्ला सल्लाहकार चोपलाल राहुल, नेपाली काङ्ग्रेस वाणगंगा नगर कार्यसभापती बिष्णु थापा , राष्ट्रिय जनमुक्ति पार्टीका कपिलवस्तुका अध्यक्ष घन बहादुर मिदुन , सङघिय समाजवादी पार्टी कपिलवस्तुका सदस्य जे पि खनाल, नेपाल मगर विद्यार्थी संघ जिल्ला कार्यसमिति कपिलवस्तुका सचीव राजेश थापा , नेपाल मगर संघ जिल्ला समन्वय समितीका सल्लाहकार टोपबहादुर थापा लगायतले कार्यक्रमा बोल्दै लखन थापा राष्ट्को नै प्रथम सहिद भएको हुनाले अन्य सहिद जस्तै यिनलाई पनि राज्य पक्ष्य बाट सम्मान हुर्न आवश्यक रहेको तर्क थियो ।

नेपाल मंगर संघ जिल्ला अध्यक्ष मोहन सिंजालीको अध्यक्षता, नेपाल मगर संघ जिल्ला समन्वय समितिका उपाध्यक्ष उत्तम आलेको स्वागत मनतव्यमा भएको कार्यक्रम संञ्चालन जिल्ला सचीव सुमन रेश्मी मगरले गर्नु भएको थियो । कार्यक्रमा नेपालका पहिलो शहीद लखन थापाले देश र जन्तालाई गरेको बलिदानको बारेमा चर्चा गरिएको थियो ।

सम्बन्धित् समाचार