बाणगंगा नगरपालिका वडा न.८ को शान्ताकुञ्ज मधुवनधाममा फाल्गुण ३ देखि श्रीमद्भागवत ज्ञान महायज्ञ तथा पूजा परायण हुने भएको छ । धामको पावन भुमिमा हाम्रो वैदिक संस्कृतिको महत्वलाई थप प्रर्वद्धन गर्नका लागि महायज्ञको आयोजना गरिएको हो ।
शान्ताकुञ्ज मधुवनधामको ऐतिहासिक धार्मिक तथा पुरातात्विक महत्वलाई प्रचार प्रसार एवंम पर्यटन प्रर्वद्धन गर्दौ धामको विकासमा सहयोग पुर्याउने उदेश्यका साथ सात दिने महायज्ञ लाग्न लागेको आयोजकले जनाएको छ ।
फाल्गुन तिन गते देखि दश गते सम्म संचालन हुने महायज्ञमा बिहान ९ बजे देखि ४ बजे सम्म प्रवचन र साझ ७ बजे देखि ९ बजे सम्म भजन कृतन,दैनिक योग अभ्यास लगाएतका कार्यक्रमहरु हुने छन् । महायज्ञका लागि बोडगाँउ चोक देखि धाम सम्मका लागि निःशुल्क यातायातको व्यवस्था आयोजकले मिलाएको छ ।