गृहपृष्ठ खबर शितगंगा महोत्सवको दोस्रो दिन सुनिल गिरी सँगै रमाए दर्शक

शितगंगा महोत्सवको दोस्रो दिन सुनिल गिरी सँगै रमाए दर्शक

प्रकाशित मिति:

शितगंगा महोत्सवको दोस्रो दिन भब्यरुपमा समपन्न भएको छ । शितगंगा उद्योग बाणिज्य संघको आयोजनामा सञ्चालन भइरहेको शितगंगा महोतसवमा दोस्रो दिन पप गायक सुनिल गिरि लोक तथा दोहोरी गायक बिधान कार्की ,सारदा खनाल लगायतको प्रस्तुति रहेको थियो ।

यस्तै आज बाट प्रथम डान्स आइडल समेत सुरु भएको छ ।
डान्स आइडलमा बिभिन्न क्षेत्रका १२ जना सहभागि रहेका छन ।
दोस्रो दिन आज १८ सय दर्शकहरुले महोत्सव अवलोकन गरेको महोत्सव संयोजक चिन्ताराज अधिकारीले जानकारी दिनु भयो । महोत्सवमा बिभिन्न कृषि स्टल ,बोयर बोका,लोकल कुखुराको प्रदशन तथा बिक्रीको ब्यवस्था मिलाइएको छ ।
महोत्सवमा १०५ स्टल रहेका छन ।भोली सास्कृतिक कार्यक्रम तर्फ सम्झना लामिछाने ,बिक्रम राना,मिसन भुसाल ,डान्सर सारदा भुसाल छमछमी कलाकेन्द्रमो प्रस्तुति रहने छ । महोत्सवमा नेपालटेलिकमले निशुल्क सिम समेत बितरण गरेको छ ।
महोत्सवमा जेष्ठ नागरिक,बिद्यार्थी,अपाङ्गहरुको लागि टिकटमा समेत छुटको ब्यवस्था गरिएको छ ।

सम्बन्धित् समाचार