गृहपृष्ठ Featured एक दिने बृहत स्वास्थ्य शिविर बाट ४ सय ११ जना लाभान्वीत

एक दिने बृहत स्वास्थ्य शिविर बाट ४ सय ११ जना लाभान्वीत

कपिलवस्तुको बाणगंगामा नगरपालिकाको वडा नं ४ गजेहडामा एक दिने बृहत स्वास्थ्य शिविर बाट ४ सय ११ जना लाभान्वीत भएका छन् । कपिलवस्तु हाटबजार ब्यवसायिक समितिको आयोजना र सि एण्ड सि अस्पताल ४ नं जितपुरको प्राबिधिक सहयोगमा बाणगगा माबि गजेहडमा निशुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको हो । शिबिरमा नगरपालिकाका ४ सय ११ जनाले स्वास्थ्य जाँच गराई लाभ लिएका छन ।

जसमा फिजिशियन सेवामा २ सय ७५ जना ,दाँतसम्बन्धि ६५ जना ,महिलारोग सम्बन्धि ६२ जना ,हाडजोर्नि रोग सम्बन्धि १ सय ४० जना र नसारोग सम्बन्धि ४५ जनाले स्वास्थ्य जाँच गराई सेवा लिएका हुन । यस्तै शिबिरमा नया तथा पूराना सुगर रोगका बिरामी गरि ५२ जनाले सेवा लिएका छन । शिविरमा हर्नियाको अप्रेशन गर्नुपर्ने ५ जना बिरामी भेटिएको सिएण्डसि अस्पतालले जनाएको छ ।

स्वास्थ्य शिबिरका प्रमुख अतिथी एबं नगर प्रमुख मंगल प्रसाद थारुले बिभिन्न रोगको संक्रमण फैलिरहेका बेला निशुल्क शिविर सञ्चालन गरि रोगको पहिचान गर्नु महत्वपूर्ण कार्य भएको बताउँदै निशुल्क शिविर सञ्चालन गरि निशुल्क औषधी बितरण गरि दिएकोमा सिएण्डसी अस्पत्ताल र हाट बजार ब्यबसायी समितीलाई धन्यबाद दिएका थिए । त्यस्तै कपिलबस्तु नागरिक समाजका अध्यक्ष दोलक बहादुर पछाईले सिएण्डसी अस्पत्तालले लक्षित समुदायलाई समेटेर सेवा दिदै आएको भन्दै प्रशंसा गरेका थिए ।

सिएण्डसीका सञ्चालक गोपाल घिमिरेले सिएण्डसी अस्पत्ताल ४ नं जितपुरमा मात्र नभएर जिल्लाका बिभिन्न स्थानहरु लगाएत छिमेकी जिल्ला अर्घाखाँची र रुपन्देही जिल्लामा समेत पुगेर शिबिरहरु सञ्चालन गर्दै आएको बताए । उनले अस्पत्तालले नाफा मूलक भन्दा पनि सेवा मूलक भएर काम गर्दै आएको बाताए । बुटवल लुम्बीनी अस्पत्तालले दिने सेवा सिएण्डसी अस्पत्तालले दिने ब्यबस्था भएको हुँदा र महिला समस्या तथा फिजीसीयन सेवा सिएण्डसीले दिदै आएको समेत जानकारी दिएका थिए ।

कार्यक्रम कपिलवस्तु हाटबजार ब्यवसायिक समितिका अध्यक्ष ज्ञान बहादुर थापाको अध्यक्षतामा भएको शिबिरमा बाणगंगा नगरका प्रमुख मंगल प्रसाद थारुको प्रमुख आतिथ्यता ,वडा नम्बर ४ का वडा अध्यक्ष गणेश बहादुर क्षेत्री , वडा महिला सदस्य ईन्दीरा पन्त , नागरिक समाज कपिलवस्तुका अध्यक्ष दोलख बहादुर पछाई ,उद्योग बाणिज्य संघ कपिलवस्तुका टोपनारायण भण्डारी ,ईलाका प्रहरी कार्यालय पिपराका प्रमुख आयुश कुमार जोशी लगाएतको आतिथ्यता रहेका थियो । उक्त कार्यक्रम सिएण्डसीका फार्मेर्सी ईन्चार्ज रमेश शर्माको सञ्चालमा भएको सिएण्डसीका जनसम्र्पक अधिकारी कृष्ण पोखरेलले जानकारी दिए । बिषेशज्ञ डा.प्रकाश पुनको नेतृत्वमा रहेको प्राविधिक टोलि द्वारा निःशुल्क स्वस्थ्य सिविर समपन्न भएको थियो । यसरी सेवा लिन पाउँनुका साथै निःशुल्क सुगर परिक्षण गरि निशुल्क औषधी प्राप्त गर्न पाउँदा सेवा ग्राहीहरुले खुशी ब्यक्त गरेका छन् ।

सम्बन्धित् समाचार