गृहपृष्ठ Featured पत्रकार सिमित घेरा भित्र बाँधिनु हुदैन

पत्रकार सिमित घेरा भित्र बाँधिनु हुदैन

प्रकाशित मिति:

प्रेस संगठन नेपाल कपिलवस्तुको जिल्ला भेला, शपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि पुर्ब कृषि मन्त्री चक्र पाणि खनाल (बलदेब) ले पत्रकार सिमित घेरा भित्र बाँधिन नसकिने भन्दै युग अनुसार परिवर्तन हुनुपर्ने बताए । पुर्व मन्त्री खनालले पत्रकारितामा तागत भएको समेत बताए ।
उनले कपिलवस्तुमा अहिले शिक्षा, स्वास्थ र खानेपानी र कृषिका पुर्बाधारमा लगानी गर्न सके जिल्लालाई समृद्ध बनाउन सक्ने बताए । (नेकपा) स्थायी कमटीका सदस्य तथा नेपाल सरकारका पुर्ब कृषि मन्त्री बलदेबले प्रेस संगठन नेपाल कपिलवस्तुका पदाधिकारी तथा सदस्यहरुलाई शपथ ग्रहण गराउनु भयको थियो ।

 

(नेकपा) केन्द्रिय सदस्य तथा कपिलवस्तु इन्चार्ज गिरिधारीलाल न्यौपानेले पत्रकार र राजनैतिक कर्मी दुबैको भुमिका नागरिकलाई सु शुचित गरी समृद्ध समाज निर्माण गर्नु रहेको बताउँदै सरकारका केही कामहरु टुंगोमा पुगेको समेत बताए । उनले दक्षिण र पश्चिमलाई उत्तर सङ जोडेर अगाडी लैजान र समृद्ध समाज निर्माण गर्ने नेकपाका प्रमुख काम रहेको बताए ।

प्रदेश सभा सदस्य बिष्णु पन्थीले पत्रकारिता पेशामा चुनौति रहे पनि समाजको अभिन्न अंग भएकाले सत्य तथ्य समाचार सम्प्रेषण गर्नुपर्ने दायित्व रहेको बताए । बिषय अनुसारको ज्ञान, घट्नाको मर्म, विवादित विषयमा बुझेर मात्र कलम चलाउने जस्ता कार्यहरुमा संचारकर्मी चनाखो हुनुपर्ने बताए । सांसद पन्थीले बिगतमा भन्दा देशमा अहिले बिकासले गति लिन लागेको बताउदै समाजका बिकृती बिसंगती अन्त्य गर्न संचारकर्मी लाग्नु पर्ने जिकिर गरे ।
त्यस्तै (नेकपा) का जिल्ला अध्यक्ष झबिलाल पोख्रेलले पत्रकारले आफनो पेशा प्रति धर्मको मर्यादा गुमाउन नहुने भन्दै विगतका आन्दोलनमा पनि पत्रकार अत्यन्तै जिम्मेवार भएर काम गरेको बताए । उनले आउँदा दिनमा पनि समाजको हितको लागि काम गर्न अनुरोध गरे ।
संविधान सभाका सदस्य तथा नेकपा प्रदेश कमिटी कार्यलय सचीव बलराम अधिकारीले सरकारले गरेका राम्रा कामको प्रचार गर्नु र सुधार गर्नु पर्ने पक्षमा सुझाव दिन पत्रकारलाई आग्रह गरे ।

 

राष्ट्रिय सभा सदस्य बिमला घिमिरेले राम्रो कामका लागि स्वतन्त्र रहे पनि गलत गर्न नहुने बताईन् । घिमिरेले समाज परिवर्तनका लागि घटना घटे पछि मात्रै नभई घट्ना घट्न नदिनका लागि सचेत रहेर काम गर्न अनुरोध गरीन् ।
(नेकपा) सचिवालय सदस्य डोर प्रसाद उपाध्यले सरकारका सबै अङ्गलाई खबरदारी गर्ने जिम्मेवारी संचार माध्यमको रहेको बताउदै बर्गिय बिचारमा सर्बपक्षिय समाचार सम्प्रेषण गर्नु पर्ने बताए । सिपि शर्मा स्मृतिबाट पत्रकार जानू पाण्डे पुरस्कृत भएका छन् ।
प्रेस संगठनका जिल्ला संयोजक डिलाराम भुसाललको अध्यक्षता, चेतना अधिकारीको स्वागत तथा जिल्ला सह–संयोजक हरि अधिकारिको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा प्रेस संगठनका प्रदेश सदस्य, केन्द्रिय सदस्य, सांसद तथा जनप्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

सम्बन्धित् समाचार