गृहपृष्ठ Featured हरैया बहुमुखी क्याम्पसको १३औँ बार्षिकोत्सव

हरैया बहुमुखी क्याम्पसको १३औँ बार्षिकोत्सव

रुपन्ेदहीको कञ्चन गाँउपालिका वडा नंबर ३ मा रहेको हरैया बहुमुखी क्याम्पसको १३औँ बार्षिकोत्सव राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथी भट्टराईले क्याम्पसको थप प्रगतीको कामना गर्दै आवश्यक परेको खण्डमा हरेक पक्षमा सहयोग गर्न तयार रहेको बताउनुभएको छ ।

लुम्बिनी क्षेत्रभित्र पर्ने यस क्याम्पसलाई भौतिक, नैतिक, शैक्षिक प्रगतीको लागी प्रदेश, केन्द्र र संघिय सरकारबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नुभयो। यसैबिच बिशिष्ट अतिथी तथा कञ्चन गाँउपालिकाका अध्यक्ष गोकर्णबहादुर क्षेत्रीले कञ्चन गाँउपालिका कै एकमात्र क्याम्पस यस हरैया बहुमुखी क्याम्पसको शैक्षिक उन्नती र प्रगतीको लागी गाँउपालिकाबाट सक्दो सहयोग हुने बताउनुभएको छ ।

 

सुरुवातबाट नै क्याम्पसलाई अगाडी बढाउन सक्रिय रुपमा लागेको स्मरण गर्दै उहाँले गाँउपालिका कै नमुना क्याम्पस बनाउन सबैजना हातेमालो गर्दै अघी बढ्नुपर्नेमा जोड दिनुभएको थियो ।

क्याम्पस प्रमुख चुडामणी शर्माले वार्षिक प्रतिबेदन प्रस्तुत गर्नुभएको कार्यक्रममा उपाध्यक्ष गोमा तरामु मगर , वडा नंबर ३ का अध्यक्ष नगेन्द्रबहादुर लामिछाने , राष्ट्यि जनमोर्चाका दिपक पौडेल , पुष्पराज शर्मा , प्रकाश पौडेल लगायतले शुभकामना ब्यक्त गर्नुभएको थियो ।

क्याम्पस सञ्चालन समितीका अध्यक्ष लिलाकुमारी पौडेलको अध्यक्षतामा भएको बार्षिकोत्सवमा साँस्कृतिक कार्यक्रम सँगै नृत्य प्रस्तुतीमा प्राध्यापक टिकाराज गिरीले संयोजन गर्नुभएको थियो । सहायक क्याम्पस प्रमुख प्रकाश खनालको स्वागत तथा कपिल पौडेलको सञ्चालनमा भएको कार्यक्रममा अतिरिक्त कृयाकलापमा सहभागी भई सफल भएका बिद्यार्थीहरुलाई सम्मान समेत गरिएको छ ।

सम्बन्धित् समाचार