गृहपृष्ठ Featured शान्ताकुञ्ज मधुवनधाममा श्रीमद्भागवत ज्ञान महायज्ञ सुरु

शान्ताकुञ्ज मधुवनधाममा श्रीमद्भागवत ज्ञान महायज्ञ सुरु

प्रकाशित मिति:

वाणगंगा नगरपालिका वडा न.८ को शान्ताकुञ्ज मधुवनधाममा श्रीमद्भागवत ज्ञान महायज्ञ तथा पूजा परायण सुरु भएको भएको छ । धामको पावन भुमिमा वैदिक संस्कृतिको महत्वलाई थप प्रर्वद्धन गर्नका लागि महायज्ञको आयोजना गरिएको हो । शान्ताकुञ्ज मधुवनधामको ऐतिहासिक धार्मिक तथा पुरातात्विक महत्वलाई प्रचार प्रसार एवंम पर्यटन प्रर्वद्धन गर्दौ धामको विकासमा सहयोग पुर्याउने उदेश्यका साथ सात दिने महायज्ञ लागेको आयोजकले जनाएको छ । आज बोडगउ देखि धाम सम्म बजागाजा सहित कलश यात्राका साथ महायज्ञको समुद्घाटन गरिएको हो ।

राष्ट्रिय सभा सदसस्य बिमला घिमिरेले महायज्ञको उद्घाटन गरेकी हुन् । उद्घाटन गर्दै घिमिरेले महायज्ञले धार्मिक, ऐतिहासीक तथा सांस्कृतिक सम्पदाहरुको प्रचार प्रसार तथा संवद्धन हुने बताईन् । उनले महायज्ञलाई आवश्यक पर्ने सहयोग गर्ने प्रतिवद्धता जनाईन् । महायज्ञमा प्रमुख वाचक शान्त श्री निवास आचार्य रहेका छन् पहिलो दिन श्रीमदभागवतको पहिलो भाग वाचन गरिएको छ । उद्घाटन कार्यक्रममा धामका अध्यक्ष चुरामणि अर्यालको अध्यक्षता, वडाअध्यक्ष गुणानिधि भुसालको विशिष्ट आतिथ्यता, टोप नारायण भण्डारी, शंकर प्रसाद आचार्यको आतिथ्यता, धामका सचिव दिल्लीराज रेग्मीको धन्यवाद ज्ञापन, उपाध्यक्ष कृष्ण प्रसाद पौडेलको स्वागत मन्तब्य तथा पोमनारायण पौडेलकाे सञ्चालन रहेको थियो । महायज्ञमा बिहान ९ बजे देखि ४ बजे सम्म प्रवचन र साझ ७ बजे देखि ९ बजे सम्म भजन कृतन,दैनिक योग अभ्यास लगाएतका कार्यक्रमहरु हुने छन् । महायज्ञका लागि बोडगाँउ चोक देखि धाम सम्मका लागि निःशुल्क यातायातको व्यवस्था आयोजकले मिलाएको छ ।

सम्बन्धित् समाचार