गृहपृष्ठ Featured बाणगंगाकी युना कार्कीले जितिन प्रदेश स्तरीय डान्सिङ स्टारको उपाधि

बाणगंगाकी युना कार्कीले जितिन प्रदेश स्तरीय डान्सिङ स्टारको उपाधि

प्रकाशित मिति:

प्रदेश ५ स्तरीय डान्सिङ स्टारको उपाधि कपिलवस्तु वाणगंगाकी युना कार्कीले जित्न सफल भएकी छन । बिगत तीन महिना अघिबाट सुरु भएको ‘डेकोर कपिलवस्तु डान्सिङ स्टार’ को पहिलो सिजनको उपाधि बाणगंगाकी युना कार्कीले चुमेकी हुन । कपिलवस्तुको चन्द्रौटामा भएको फिनालेमा उपाधि जित्दै नगद रु. १ लाख ११ हजारसहित आकर्षक विभिन्न आर्कषक गिफ्टहरु प्राप्त गरिन् ।
डान्सिङ स्टारमा बुटवलकी सोम्या पाण्डे द्धित्तिय ु हुदै नगद रु.५५ हजार सहित आकर्षक गिफ्ट पाइन भने तेस्रो भएका चन्द्रौटाका मिसन घर्ती मगरले नगद रु. ३० हजार पाएका छन् ।

छमछमी कला केन्द्रको आयोजनामा प्रदेश स्तरीय डान्सिङ स्टार सञ्चालन भएको थियो । प्रदेश ५का १२ जिल्लाका २ सय ७७ प्रतिस्पर्धीका बीचबाट युना कार्की प्रथा हुन सफल भएकी हुन । डान्सिङ स्टारमा ‘आइएमई पे’ र टिकटबाट भोटिङ दिने व्यवस्था मिलाएको थियो ।कार्कीले २०७३ सालमा कपिलवस्तु डान्स आइडलमा दोस्रो स्थान हासिल गरेकी थिइन् ।

कार्की सानै भएतापनि कपिलवस्तु सहित आसपासका जिल्लामा नृत्य क्षेत्रमा लोकप्रिय समेत रहेकी छन । उपाधि जितेसगै युना कार्कीकी मम्मी शान्ती क्षेत्री कार्कीले जिताउन सहयोग गर्ने सबैलाई धनयवाद समेत ज्ञापन गरेकी छन ।

सम्बन्धित् समाचार