गृहपृष्ठ Featured कपिलवस्तुका सञ्चारकर्मी भुसालले गरे विष सेवनबाट आत्महत्या

कपिलवस्तुका सञ्चारकर्मी भुसालले गरे विष सेवनबाट आत्महत्या

प्रकाशित मिति:

कपिलवस्तुका एक सञ्चारकर्मीले आज विष सेवन गरेर आत्महत्या गरेका छन् । कपिलवस्तु जिल्लाको वाणगंगा ११ हथौसामा घर भएका सञ्चारकर्मी कृष्ण भुसालले विष सेवन गरी आत्महत्या गरेका हुन् ।भुसाल कपिलवस्तुको रेडियो बुद्धआवाज र बुद्धआवाज कार्यक्रम प्रस्तोताको रुपमा कार्यरत थिए ।

उनले के कारणले विष सेवन गरेका हुन् यसको पृष्टि भैसकेको छैन् । विहान मात्र उनले विष सेवन गरेको थाहा भएपछि कपिलवस्तु सामुदायिक अस्तापल ल्याइएको थियो । यहाँ उपचार सम्भव नभए पछि तत्काल उनलाई बुटवल रेफर गरिएको थियो ।
तर अस्पताल लैजादै गर्दा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

भुसाल सञ्चारकर्मी लगायत शिक्षण पेशामा पनि आवद्ध थिए । उनले वाणगंगा ११ ओदारीको लिटिल स्टार इंग्लिस बोर्डिङ स्कुलमा लामो समय देखि अध्यापन गराउँदै आएका थिए । पछिल्लो केही महिना यता भुसाल मानसिक तनावमा रहदै आएका थिए । मानसिक तनाव बढ्दै जादा उनले सञ्चारकर्मी र शिक्षण पेशा त्यागेर बसेका थिए । उनका एक छोरी र श्रीमती छन् ।

सम्बन्धित् समाचार