त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त बुटवलको लुम्बिनी वाणिज्य क्याम्पस प्रदेश प्रज्ञा पदक–द्धितियबाट विभुषित भएको छ ।
प्रदेश भित्रको शैक्षिक क्षेत्रमा विशिष्ट योगदान पु¥याएको भन्दै सामुदायिक क्याम्पसहरु मध्येबाट प्रदेश सरकार प्रदेश नं. ५ ले तेस्रो स्थापना दिवसको अवसरमा सो मानपदवीबाट विभुषित गरेको हो ।
प्रदेश प्रमुख माननीय धर्मनाथ यादव र मुख्यमन्त्री माननीय शंकर पोखरेलले संयुक्त रुपमा स्थापना दिवस मूल समारोहका अवसरमा सो मानपदवी लुम्बिनी वाणिज्य क्याम्पस संचालक समिति अध्यक्ष मोतीलाल पाण्डे र क्याम्पस प्रमुख प्रा.डा. तारा प्रसाद उपाध्यायलाई प्रदान गर्नुभएको थियो ।
नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रलयद्धारा नेपालकै सर्वोत्कृष्ट सामुदायिक क्याम्पस २०७५ बाट बिभुषित यस क्याम्पसले निरन्तर शैक्षिक सफलता हाशिल गर्दै प्रदेशका साथै समग्र राज्यकै व्यवस्थापन शिक्षामा महत्वपुर्ण योगदान पु¥याउदै आएको छ ।