गृहपृष्ठ Featured कपिलवस्तुमा दुई बर्ष पछि आमा भेट्दा पुनमा देखियाे यस्ताे खुशी

कपिलवस्तुमा दुई बर्ष पछि आमा भेट्दा पुनमा देखियाे यस्ताे खुशी

प्रकाशित मिति:

घोराही उपमहानगरपालिका वडा नम्बर १५ स्थित बिपी चोक नजिकै बस्ने शोभा केसी (पुन) हतारीदै जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको गेटबाट कार्यालय परिसरमा प्रवेश गरिन । दुई बर्ष अघि हराएको छोरोलाई कहिले भेटौं भन्दै हुर्रिएर प्रहरी कार्यालयमा पुगेकी उनको मुहारमा चिन्ता मिश्रीत खुसी झल्कन्थ्यो ।

सुन्तला रंगको फाईबरको झोलामा छोराका आवश्यक कागजात बोकेर जिल्ला प्रहरी कार्यालय कपिलवस्तु पुगेकी उनले छोरा रामु पुनलाई देख्दा मन थाम्न सकिनन । दुई बर्ष पछि आमालाई भेटन पाएका रामुले पनि आमा शोभालाई अगालो हालेर रोए । घर छेउको अन्नपुर्ण डाडामा घुम्न जादा एकाएक हराएको छोरो यसरी फेला पर्लान भन्ने उनको कल्पना बाहिरको कुरा थियो । २०७४ पुस ११ गते एकाएक हराएका ८ बर्षिय रामुलाई आफुले लाग्दा पुग्दा सम्म खोजि गरेको शोभाले बताईन ।

आफुलाई दुई श्रीमती मुनी झुक्काएर बिहे गरेका श्रीमान मित्रलालले आफु पछि पनि थप दुई श्रीमती ल्याएर वास्ता गर्न छोडेको उनले बताईन । पाँच श्रीमतीका पति मित्रलालले शोभा तिर दुई छोरा र एक छोरी जन्मिए पछि चासो राख्नै छोडे । स्थानिय एक संस्थागत बिद्यालयको क्यान्टिनमा सामान्य तलबमा मेहनत मजदुरी गरेर तिन बालबच्चाको पालन पोषण गर्दै आएकी शोभाले आफुले रिन खोजेर भए पनि नेपालकै बिभिन्न ठाँउमा पुगी छोराको खोजी गरेको बताईन ।

छोरो भेटिनेमा झिनो आशा मात्रै बाकी रहदाँ छोरो भारतमा भएको सुचना पाए सगै छोरा रामु र ससुरा झगबिर पुनको नाता प्रमाणितको कागजात बनाएर छोरो झिकाउने प्रक्रियामा सहयोग गरिन । आफु साथीहरु सँग रेल हेर्नका लागी गोरखपुर पुगेको र त्यहिबाट झारखण्डको राची पुगे पछि बाल कल्याण समिती राचीले आफुलाई उद्दार गरेको रामुले बताए । राची स्थित बाल कल्याण समितीमा रहेका रामुले नेपाल जाने भन्दै जिद्दि गरेर भाग्न खोजे पछि उनलाई रामगढ प्रतापपुर स्थित वत्सल्यधाम बाल गृह मा स्थानान्तरण गरेको भेटिएको छ । बाल गृहमा आफु सँग सोधपुछ गरिए पछि आफुले नाम ठेगाना बताएको रामुले बताए ।

भारतको झारखण्डमा भेटिएको छोरालाई आफु सँग भेटाउन शान्ति पुर्न स्थापना गृह (पिआरसी) नामक संस्थाले महत्वपुर्ण भुमिका खेलेको शोभाले बताईन । “मेरो क्षमताले भ्याए सम्म खोजेर नभेटिएको छोरो अहिले भेटिएको छ । अब त ऋण काढेर भए पनि यसलाई पढाउछु ।” शोभाले भनिन । छोरो एक्लै भारतको झारखण्ड पुगेको बिषयमा भने आफुलाई शंका लागेको उनले बताईन । “आशा मारेको छोरो फर्किएर आउदा खुसी लागेको छ ।” उनले भनिन ।

दुई बर्ष अघि दाङ्गबाट हराएका रामु पुन सगै अन्य दुई बालकलाई पनि नेपाली राजदुताबासको समन्वयमा उद्दार गरि नेपाल फर्काएर परिवारको जिम्मा लगाईएको पिआरसीका क्षेत्रिय संयोजक भुमीराज भट्टराईले जानकारी दिए । “हामीले उद्दार गरेर परिवार सम्म पुर्याए पनि उनीहरु भारत सम्म कसरी पुगे भन्ने बिषय शंकास्पद छ ।” उनले भने । रामु सगै घर फर्काईएकामा प्युठान ऐरावती गाँउपालिका वडा नम्बर ३ का १२ बर्षिय दिलिप जिसी र केशव जिसी रहेको क्षेत्रिय संयोजक भट्टराईले बताए । केशवलाई माईली आमा मिना र दिलिपलाई उनकी आमा सिमाले जिम्मा लिएका थिए । मंसिर ३ गते घरबाट हिडेका उनीहरु गोरखपुर स्थित लखनउ बिरयानी कर्नर एवम भोजनालयमा काम गर्दै गर्दा बाल कल्याण समितीले उद्दार गरि राजकिय बाल गृह गोरखपुरको जिम्मा लगाएको थियो । दुई स्थानमा रहेका उनीहरुलाई राजदुताबासको आवश्यक कागजात र सिफारिसकमो आधारमा आफनो जिम्मामा लिएको शान्ति पुन स्थापना गृहले नेपाल ल्याई परिवारलाई बुझाएको हो ।

दिलीपको बुवाको मृत्यु भए पछि आमाले दोस्रो बिवाह गरेकोले आफुहरुले रेखदेख गर्दै आएकोमा एकाएक घरबाट हराउदाँ चिन्ता लागेको उनकी माईली आमा मिना जिसीले बताईन । भारत गए काम पाईनछ भन्ने मानसिकताका कारण कतिपय बालबालिका भारतमा पुगी श्रम शोषण, यौन शोषणमा पर्नुका साथै अंग निकाल्ने तथा भिख माग्नु पर्ने बाध्यतामा पर्ने गरेको पिआरसीका अन्तरराष्ट्रिय समन्वयकर्ता सुमन सापकोटा बताउछन । भारतमा पुग्ने कतिपय बालकहरु रेल हेर्ने र काम पाउने ध्याउन्नमै पुग्े गरेको उनको बुझाई छ । “बैदेशिक रोजगारी र बिदेश पलायनले परिवारको मानसिकतामा परिर्वतन आउदाँ जोखिमको दायरा बढदै गएको छ । ” सापकोटा भन्छन । बेचबिखन र श्रम बजारको नाममा जोखिमका दायरा बढदै जाँदा उद्दारका लागी राज्यको कुनै संयन्त्रको बिकास नगरी संघ संस्थाकै भर पर्ने प्रबृत्ति भने गम्भिर चुनौतीको रुपमा देखिएको अधिकारकर्मीहरु बताउछन ।

सम्बन्धित् समाचार