गृहपृष्ठ Featured शान्ताकुञ्ज मधुवनधाममा ज्ञानको यज्ञ,आज दोस्रो दिन भक्तजनहरुको घुइँचो

शान्ताकुञ्ज मधुवनधाममा ज्ञानको यज्ञ,आज दोस्रो दिन भक्तजनहरुको घुइँचो

वाणगंगा नगरपालिका वडा न.८ को शान्ताकुञ्ज मधुवनधाममा श्रीमद्भागवत ज्ञान महायज्ञ तथा पूजा परायणको आज दोस्रो दिन भक्तजनहरुको घुइँचो लागेको छ । धामको पावन भुमिमा वैदिक संस्कृतिको महत्वलाई थप प्रर्वद्धन गर्नका लागि महायज्ञको आयोजना गरिएको हो । शान्ताकुञ्ज मधुवनधामको ऐतिहासिक धार्मिक तथा पुरातात्विक महत्वलाई प्रचार प्रसार एवंम पर्यटन प्रर्वद्धन गर्दै धामको विकासमा सहयोग पुर्याउने उदेश्यका साथ सात दिने महायज्ञ लागेको आयोजकले जनाएको छ । फागुन ३ गतेदेखि महायज्ञको समुद्घाटन गरिएको हो । महायज्ञमा प्रमुख वाचक शान्त श्री निवास आचार्य रहेका छन् पहिलो दिन श्रीमदभागवतको पहिलो भाग वाचन गरिएको छ ।

 

महायज्ञको दोस्रो दिन आज ४०० जना भक्तजनहरुले प्रवचन श्रवण गरेको महायज्ञ आयोजक समितिले जनाएको छ ।

कार्यक्रममा धामका अध्यक्ष चुरामणि अर्यालको अध्यक्षता, प्रदेश सभा सदस्य विष्णु पन्थीको प्रमुख आतिथ्यता, वडा नम्बर ४ का वडा अध्यक्ष गणेश क्षेत्रीको विशिष्ट आतिथ्यता रहेको थियो । महायज्ञको अवलोकन गर्दै विष्णु पन्थीले यस्ता धार्मीक कार्यक्रमहरु वाणगंगा नगरपालिकामा वर्षेनी आयोजना गरेमा धर्मको बचाउ हुने बताउनुभयो ।

महायज्ञमा दान दाताहरु लालमणी न्यौपाने वा.न.पा. २ बाट १लाख २५ हजार दान गर्नुभएको थियो । यस्तै नारायाण प्रसाद अर्याल, झविन्द्र भण्डारी, सीता बस्नेत लगायतले दान गर्नुभएको थियो ।

कुलतमा फसेका युवाहरुलाई प्रवचनबाट सुधार र जीवनको उन्नतीको लागि हरेक वर्ष महायज्ञ लगाइने गरिएको यज्ञ मूल आयोजक समितिले जनाएको छ ।

महायज्ञमा बिहान ९ बजे देखि ४ बजे सम्म प्रवचन र साझ ७ बजे देखि ९ बजे सम्म भजन कृतन,दैनिक योग अभ्यास लगाएतका कार्यक्रमहरु हुने छन् । महायज्ञका लागि बोडगाँउ चोक देखि धाम सम्मका लागि निःशुल्क यातायातको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

सम्बन्धित् समाचार