वाणगंगा नगरपालिका वडा न.८ को शान्ताकुञ्ज मधुवनधाममा श्रीमद्भागवत ज्ञान महायज्ञ तथा पूजा परायणको आज दोस्रो दिन भक्तजनहरुको घुइँचो लागेको छ । धामको पावन भुमिमा वैदिक संस्कृतिको महत्वलाई थप प्रर्वद्धन गर्नका लागि महायज्ञको आयोजना गरिएको हो । शान्ताकुञ्ज मधुवनधामको ऐतिहासिक धार्मिक तथा पुरातात्विक महत्वलाई प्रचार प्रसार एवंम पर्यटन प्रर्वद्धन गर्दै धामको विकासमा सहयोग पुर्याउने उदेश्यका साथ सात दिने महायज्ञ लागेको आयोजकले जनाएको छ । फागुन ३ गतेदेखि महायज्ञको समुद्घाटन गरिएको हो । महायज्ञमा प्रमुख वाचक शान्त श्री निवास आचार्य रहेका छन् पहिलो दिन श्रीमदभागवतको पहिलो भाग वाचन गरिएको छ ।
महायज्ञको दोस्रो दिन आज ४०० जना भक्तजनहरुले प्रवचन श्रवण गरेको महायज्ञ आयोजक समितिले जनाएको छ ।
कार्यक्रममा धामका अध्यक्ष चुरामणि अर्यालको अध्यक्षता, प्रदेश सभा सदस्य विष्णु पन्थीको प्रमुख आतिथ्यता, वडा नम्बर ४ का वडा अध्यक्ष गणेश क्षेत्रीको विशिष्ट आतिथ्यता रहेको थियो । महायज्ञको अवलोकन गर्दै विष्णु पन्थीले यस्ता धार्मीक कार्यक्रमहरु वाणगंगा नगरपालिकामा वर्षेनी आयोजना गरेमा धर्मको बचाउ हुने बताउनुभयो ।
महायज्ञमा दान दाताहरु लालमणी न्यौपाने वा.न.पा. २ बाट १लाख २५ हजार दान गर्नुभएको थियो । यस्तै नारायाण प्रसाद अर्याल, झविन्द्र भण्डारी, सीता बस्नेत लगायतले दान गर्नुभएको थियो ।
कुलतमा फसेका युवाहरुलाई प्रवचनबाट सुधार र जीवनको उन्नतीको लागि हरेक वर्ष महायज्ञ लगाइने गरिएको यज्ञ मूल आयोजक समितिले जनाएको छ ।
महायज्ञमा बिहान ९ बजे देखि ४ बजे सम्म प्रवचन र साझ ७ बजे देखि ९ बजे सम्म भजन कृतन,दैनिक योग अभ्यास लगाएतका कार्यक्रमहरु हुने छन् । महायज्ञका लागि बोडगाँउ चोक देखि धाम सम्मका लागि निःशुल्क यातायातको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।