वाणगंगा नगरपालिकाको कार्यपालिका बैठक विभिन्न महत्वपूर्ण विषयवस्तुमाथि छलफल गर्दै सम्पन्न भएको छ । बैठकले छैठौं नगर सभाको विषयमा विशेष छलफल गरेको छ । नगर सभाको विषयमा केन्द्रीत रहेको बैठकले वाणगंगा नगरपालिकाको नगर सभा यही फागुन ७ गते दिउसो १ वजे नगरपालिकाको सभाहलमा गर्ने निणर्य गरेको नगर प्रवक्ता विष्णु प्रसाद पौडेलले जानकारी दिए ।
यस्तै सम्पन्न कार्यपालिका बैठकले चालु आर्थिक वर्ष २०७६।०७७को समीक्षा गरेको छ भने नगर सभामा पेश गर्ने ऐन, नियमावली र कार्यविधि स्वीकृत गर्ने निणर्य गरेको छ । यस्तैगरी सामी परियोजना लागू गर्नको लागि वाणगंगा नगरपालिकाका वडा नम्बर १,२,३,४ लाई छनोट गरिएको नगर प्रवक्ता पौडेलले जानकारी दिए ।