ए एण्ड ए इभेन्ट्स कपिलवस्तुको रियो लिटिल प्रिन्स एण्ड प्रिन्सेस २०२० कपिलवस्तु भव्य रुपमा सम्पन्न भएको छ । रियो लिटिल प्रिन्स एण्ड प्रिन्सेस कपिलवस्तु २०२०को उपाधि क्यारोल हमाल ठकुरी र अनुजा केसिले चुमेका छन । ए एण्ड ए इभेन्टको आयोजना र रियो जुसको प्रायोजनमा कार्यक्रम श्रीपेच होटल एण्ड रिसोर्ट वाणगंगामा सम्पन्न भएको हो । फस्ट रनरमा आदित्य गुप्ता, स्वीकृती पौडेल पर्न सफल भए भने विराज सिंह ठकुरी, इसा गुप्ताले सेकेण्ड रनरको उपाधि हासिल गरेका थिए । यस्तैगरी भिउयर च्वाइसमा कृष भुसाल र अनुजा केसी पर्न सफल भएका छन् ।
ए एण्ड ए इभेन्ट्स द्धारा संचनलन भएको लिटिल प्रिन्स एण्ड प्रिन्सेस २०२० को कार्यक्रममा निर्णायकको भुमिकामा इन्टरनेशलन कोरियो ग्राफर आर एन स्टाइल फाउण्डर रेसम न्यौपाने, फेसन डिजाइनर मुना राना, मोडेल कोरियोग्राफर जेअसोनमान गौचन रहेका थिए । कार्यक्रको अफिसीयल कोरियोग्राफरमा अस्मी भट्टराईको महत्वपुर्ण भुमिका रहेको थियो । कार्यक्रममा नेपाल आइडल टप १६ मा परेका कन्टेस्ट अफसर अली, मेरी मामु र प्रेम गीत ३ का बालकलाकार क्रिनजन गौतम, कपिलवस्तु डान्सीङ स्टारकी विजेता युना कार्की लगायतले दर्शकहरुलाई मनोरञ्जन दिलाएका थिए ।
ए एण्ड ए इभेन्टका सिईओ अनमोल सिंहको अध्यक्षता, प्रदेश नं ५का प्रदेश सभा सदस्य विष्णु पन्थीको प्रमुख आतिथ्यता, वाणगंगा नगरपािलका वडा नम्बर ५ का वडा अध्यक्ष भिष्म भुसालको विशिष्ट आतिथ्यता रहेको कार्यक्रमको संचालन सुमन श्रेष्ठले गरेका थिए ।