गृहपृष्ठ Featured शान्ताकुञ्ज मधुवनधाममा भक्तजनहरुको घुइँचो

शान्ताकुञ्ज मधुवनधाममा भक्तजनहरुको घुइँचो

प्रकाशित मिति:

वाणगंगा नगरपालिका वडा न.८ को शान्ताकुञ्ज मधुवनधाममा श्रीमद्भागवत ज्ञान महायज्ञ तथा पूजा परायणको आज चौथो दिन भक्तजनहरुको घुइँचो लागेको छ । धामको पावन भुमिमा वैदिक संस्कृतिको महत्वलाई थप प्रर्वद्धन गर्नका लागि महायज्ञको आयोजना गरिएको हो । शान्ताकुञ्ज मधुवनधामको ऐतिहासिक धार्मिक तथा पुरातात्विक महत्वलाई प्रचार प्रसार एवंम पर्यटन प्रर्वद्धन गर्दै धामको विकासमा सहयोग पुर्याउने उदेश्यका साथ सात दिने महायज्ञ लागेको आयोजकले जनाएको छ । फागुन ३ गतेदेखि महायज्ञको समुद्घाटन गरिएको हो । महायज्ञमा प्रमुख वाचक शान्त श्री निवास आचार्य रहेका छन् ।महायज्ञको चौथो दिन आज १००० बढी भक्तजनहरुले प्रवचन श्रवण गरेको महायज्ञ आयोजक समितिले जनाएको छ ।

कार्यक्रममा धामका धामका उपाध्यक्ष सीता पौडेलको अध्यक्षता, जिल्ला अधिकारी दीर्घनारायण पौडेलको प्रमुख आतिथ्यता, वाणगंगा नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष विष्णु गिरी, वरिष्ठ समाजसेवी मेघराज ज्ञवाली, योगी सोमराज बाबा को विशिष्ट आतिथ्यता रहेको थियो । आजको कार्यक्रम संचालन धामका सचिव डिल्लीराज रेग्मीले गर्नुभएको थियो ।

महायज्ञमा स्वेच्छाले दान गर्ने दाताहरुले मनग्य दान गर्नुभएको महायज्ञ समितिले बताएको छ । भण्डारणको आजको सम्पूर्ण खर्च धामका वरिष्ठ उपाध्यक्ष सागर प्रसाद श्रेष्ठले गर्नुभयो ।

कुलतमा फसेका युवाहरुलाई प्रवचनबाट सुधार र जीवनको उन्नतीको लागि हरेक वर्ष महायज्ञ लगाइने गरिएको यज्ञ मूल आयोजक समितिले जनाएको छ ।

महायज्ञमा बिहान ९ बजे देखि ४ बजे सम्म प्रवचन र साझ ७ बजे देखि ९ बजे सम्म भजन कृतन, दैनिक योग अभ्यास लगाएतका कार्यक्रमहरु संचालन भएका छन् । महायज्ञका लागि बोडगाँउ चोक देखि धाम सम्मका लागि निःशुल्क यातायातको व्यवस्था गरिएको आयोजकले जनाएको छ । सुरुवातदेखि नै सन्ध्याकलिन कार्यक्रममा भक्तजनहरुको उल्लेखनीय सहभागिता रहँदै आएको महायज्ञ मूल समितिले जनाएको छ ।

सम्बन्धित् समाचार