गृहपृष्ठ Featured शितगंगा नगरपालिका वडा नं. १४ का कृषकहरुलाई कृषि सामग्री वितरण

शितगंगा नगरपालिका वडा नं. १४ का कृषकहरुलाई कृषि सामग्री वितरण

प्रकाशित मिति:

अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नं. १४ का कृषकहरुलाई कृषि सामग्री वितरण गरिएको छ ।

शितगंगा नगरपालिका वडा नं.-१४ स्थित पावर स्मार्ट कृषि गाँउ कार्यक्रम कार्यान्वयन उपभोक्ता समितिले आयोजना गरेको कार्यक्रममा वडा नं. १४ का वडा अध्यक्ष दामोदर न्यौपानेले १२० कृषकहरुलाई कृषि सामग्री अन्तर्गत बिउ बिजन वितरण गर्नु भएको हो ।

कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै वडा अध्यक्ष दामोदर न्यौपानेले कृषि पेशालाई व्यवस्थित, आधुनिक र व्यवसायीमुखी बनाउने उद्देश्यले कृषि सामग्री वितरण गरिएको बताउनु भएको छ । उहाँले कृषि सामग्रीको प्रयोग गरी उत्पादन बढाउन र आर्थिक स्थितिमा सुधार ल्याउन सबै कृषकहरूलाई आग्रह गर्नुभएको छ । कृषकले सामाग्रीको उपयोग गरी लाभ उठाउन जोड दिनुभयो ।

 

कृषि सामग्री पाए पछि कृषकहरू खुसी व्यक्त गरेका छ्न । वडा कार्यलय र पावर स्मार्ट कृषि समितिको सो कार्यको प्रशंसा गर्दै आफूहरूले लिएको सामग्रीहरू सदुपयोग गरे नगरेको अनुगमन गर्नुपर्ने तथा वास्तविक कृषकलाई मात्र प्रोत्साहन गर्न सुझाव दिए ।

कार्यक्रममा वडा सदस्य चुमा गाहा, स्थानीय समाजसेवि भिम बहादुर बुढा, चुरा बहादुर कार्की लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रम उपभोक्ता समुहका अध्यक्ष विर बहादुर खम्चाको अध्यक्षता र समुहका सचिव लोकनाथ खनालको संचालनमा सम्पन्न भएको आयोजकले बताएको छ ।

सम्बन्धित् समाचार