गृहपृष्ठ Featured आज महाशिवरात्रि, ११७ वर्षपछि शनि र शुक्रको दुर्लभ योग

आज महाशिवरात्रि, ११७ वर्षपछि शनि र शुक्रको दुर्लभ योग

प्रकाशित मिति:

एजेन्सी : आज शिवरात्रि हो । आजको दिन ११७ वर्षपछि शनि र शुक्रको दुर्लभ योग बनिरहेको छ । भारतका ज्योतिषाचार्य पं, मनिष शर्माका अनुसार शिवरात्रिमा शनि आफ्नो घरराशि मकरमा र शुक्र आफ्नो उच्च राशि मीनमा रहेको छ ।यो दुईवटै ठूला राशि शिवरात्रिमा यस्तो स्थितीमा रहनु दुर्लभ योग हो ।यो भन्दा पहिले सन् १९०३ को फेब्रअरी २५ मा यस्तो योग बनेको थियो ।

पं. शर्माका अनुसार शिवरात्रिमा गुरु पनि आफ्नो स्वराशि धनु राशिमा रहन्छन् । २१ फेब्रअरीको सर्वार्थ सिद्धि योग पनि पर्नेछ । पूजाआजा र नयाँ कामको सुरुवातको लागि यो समय निकै शुभ मानिन्छ ।यस दिन शनि चन्द्रको विष योग बन्छ । यो दुवै ग्रह मकर राशिमा रहन्छन् । बुध र सूर्य कुम्भ राशिमा एक साथ रहन्छन् । जसले बुध–आदित्य योग बन्छ । यो दिन मिथुन राशिमा राहु र धनु राशिमा केतु रहन्छ । शेष सबै ग्रहको राहु–केतुको बीचमा रहन्छन् । जसले सर्प योग बन्छ ।

देशैभरका शिवालयमा भक्तजनको भीड

फागुनकृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव शिवको पूजाराधना गरी आज देशभर मनाइँदै छ ।वैदिक सनातन हिन्दू धर्मावलम्बी आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गएर श्रद्धाभक्तिपूर्वक पूजाराधना गर्छन् । शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायत ग्रन्थमा वर्णित छ ।

फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा लिइन्छ । माघ महीनामा महादेवको रुद्रत्व अर्थात् जगत्लाई रुवाउने वा संहार गर्ने तत्वले गर्दा पत्रविहीन भई जीर्ण भइरहेका रूख, बिरुवा तथा झार उनै महादेवको शिवत्व ९जगत्को कल्याण गर्ने तत्व०ले गर्दा पलाउन थाल्ने हुनाले फागुनमा शिवरात्रि मनाउने गरिएको हो भन्ने भनाइ छ ।

व्रतमध्ये सर्वोत्तम महाशिवरात्रिका दिन आज भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजार्चना गरी व्रत बस्ने र शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् । यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसेम सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ । आजको दिन महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठमन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगामा प्रसाद बनाई ग्रहण गरिन्छ ।

राष्ट्रिय सांस्कृतिक पर्व यस दिन आज पशुपतिनाथमा रातको चार प्रहरमा चार प्रकारका पूजाका अतिरिक्त महादीप, अखण्डदीप, लक्ष्यबत्ती तथा दीपोत्सवका साथै लक्ष्य विल्लपत्र अर्पण गरिन्छ । कैलाशकूट र किराँतेश्वर सङ्गीत आश्रममा शास्त्रीय नाचगान गरिन्छ । महादेवको दर्शन गर्न र शिवरात्रि पर्वको मेला भर्न आज देशभरका विभिन्न भागलगायत छिमेकी राष्ट्र भारतका तीर्थयात्रीको पशुपतिनाथ मन्दिरमा घुइँचो लाग्छ ।

पशुपति क्षेत्रमा मेला भर्न आउने भक्तजनको सुविधाका लागि यस वर्ष विशेष प्रबन्ध मिलाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । यस वर्ष पशुपतिमा गाँजा, भाङ, धतुरोलगायत लागुपदार्थ निषेध गरिएको छ । यस्ता पदार्थ सेवन र बेचबिखन गरेको पाइएमा प्रहरीले समातेर कारवाही गर्ने कोषका सदस्य सचिव डा प्रदीप ढकालले बताए ।

केही मानिसले फागुन २ गते शिवरात्रि भनी हल्ला चलाए पनि नेपाल पञ्चांग निर्णायक समितिले लामो छलफलपछि मध्यरातमा चतुर्दशी परेका दिनलाई मानेको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । शिवरात्रिको पूर्वसन्ध्यामा योगी नरहरिनाथ आध्यात्मिक परिषद्ले आज गुह्येश्वरीदेखि नयाँ बानेश्वरको छक्कुबक्कुसम्म शिवपार्वती रथ यात्रा निकालेको छ ।

महाशिवरात्रीको महत्व र अर्थ के छ ?

महाशिवरात्री हिन्दुको एक विशेष पर्व हो । हिन्दु क्यालेन्डर अनुसार फागुन कृष्ण चतुर्दशीको दिन शिवरात्री मनाइन्छ ।शिवरात्रीमा श्रद्धालुहरु रातभर जागा रहेर भगवान शिवको आराधना गर्छन्, भजन गाउँछन् । कतिपय रातभर उपवास गर्छन् । शिवलिंगलाई पानी र बेलपत्र चढाएपछि मात्र आफ्नो उपवास चढाउँछ । महिलाका लागि शिवरात्रीको विशेष महत्व छ । अविवाहित युवती शिवको प्रर्थाना गर्छन् र असल पतिको कामना गर्छन् । विवाहित महिला आफ्ना पति र परिवारको मंगल कामना गर्छन् ।

धार्मिक मान्यता के छ भने, सृष्टिको प्रारम्भमा यसै दिन मध्यरात्रि भगवान शंकर ब्रम्हाबाट रुद्रको रुपमा अवतरण भएका थिए । प्रलयको बेलामा यसै दिन भगवान शिवले तान्डव नाच्दै ब्रम्हान्डलाई तेस्रो नेत्रबाट ज्वाला निकालेर समाप्त गरेका गरेका थिए । यसैले यस दिनलाई महाशिवरात्री वा कलरात्रि भनिन्छ ।

शिवरात्रीसँग केही पौराणिक कथा पनि जोडिएको छ ।

भगवान शिवको विवाह

भनिन्छ, यस दिन भगवान शिवको विवाह भएको थियो । तीन लोकमध्येकै अपार सुन्दरी तथा शीलवती गौरालाई अर्धाङ्गिनी बनाउने शिव प्रेत र पिचाशले घेरिएर रहेका हुन्थे । उनको रुप एकदम अजीब थियो । शरीरमा मसानको भस्म, गलामा सर्पको हार, कन्ठमा विष, जटामा जगत-तारिणी पावन गंगा तथा माथमा प्रलयंकार ज्वाला छ ।

समुद्र मन्थनको पौराणिक कथा

सबै पौराणिक कथामा नीलकन्ठको कथा सबैभन्दा चर्चित छ । मान्यता के छ भने महाशिवरात्रीको दिन नै समुन्द्र मन्थन गरिरहँदा कालकेतु विष निकालिएको थियो । भगवान शिवले सम्पूर्ण ब्रम्हान्डको रक्षाका लागि स्वयम्ले ति सबै विष पिएका थिए । त्यही क्रममा उनको कन्ठ वा गला नीलो भएको थियो । त्यसैले भगवान शिवलाई नीलकण्ड पनि भनिन्छ ।

भगवान शिवको प्रिय दिन

शिवरात्री त्यो रात्रि हो, जसमा शिवतत्वसँग घनिष्ठ सम्बन्ध छ । भगवान शिवको अतिप्रियरात्रिलाई शिवरात्री भनिन्छ । शिव पुराणको ईशान संहितामा बताएको छ कि, फागुन कृष्ण चतुर्दशीको रात्रिमा आदिदेव भगवान शिव करोडौं सूर्य समान प्रभाव भएको लिंगको रुपमा प्रकट भएका थिए ।

यस्तो मानिन्छ कि, महाशिवरात्रीमा भगवान मानवजातिको एकदम निकट आएका थिए । मध्यरात्रिको समय ईश्वर मनुष्यको सबैभन्दा बढी निकट हुन्छ । यही कारण मानिसहरु शिवरात्रीका दिन रातभर जग्राम बस्छन् ।

शिवलिंग पूजा सामाग्री

भगवान शिवको पूजामा अरु विशेष सामग्रीको आवश्यक्ता पर्दैन, केवल पानी र बेलपत्र भए पुग्छ ।

कल्पवृक्षको समान शिव आरधाना

शिवरात्रीको दिन शिव आराधनाको विशेष महत्व छ । शिवजीको आराधनामा जति महत्व अभिषेकको हुन्छ, उत्तिनै महत्व महामृत्युंजय मन्त्रको पनि । शिवजीको आराधना महामृत्यंजय मन्त्र बिना अपूर्ण हुने धार्मिक मान्यता छ ।

सम्बन्धित् समाचार