गृहपृष्ठ खबर एकै पटक दुई कृतिको बिमोचन

एकै पटक दुई कृतिको बिमोचन

प्रकाशित मिति:

कपिलवस्तुको तौलिहवामा साहित्यकार पार्वती शर्मा निशाद्धारा रचित दुई कृतिको एकै पटक बिमोचन गरिएको छ । लुम्बिनी बाङमय प्रतिस्ठान कपिलवस्तुले आयोजना गरेको कार्यक्रममा ‘ मुटु नभएकी आमा ’ र ‘ मसानघाटको प्ररणा ’ नामक कृिित बिमोचन गरिएको हो । मुटु नभएकी आमा आत्म कथा र मसानघाटको प्रेरणा झ्याउरे गीत हो । यस अघि उनले २०७१ सालमा ज्योति नामक कथा संग्रह निकालेकी थिईन । प्रदेश सदस्य माला गोतामे, कपिलवस्तु नगरपालिकाकी उप मेयर लक्ष्मी साउ गुप्ताले संयुक्ररुपमा सो कृतिको बिमोचन गरेका थिए ।

प्रदेश सदस्य गोतामेले साहित्यमा खडेरी परेको बेला महिलाद्धारा रचित एकै पटक दुई कृति आउनु्ु निकै खुशीको कुरा भएको बताईन । उनले साहित्य मार्फत पनि ऐतिहासिक कपिलवस्तुलाई चिनाउनु पर्नेमा जोड दिईन । यस्तै उप मेयर गुप्ताले एकै पटक दुई कृति आउनु आफैमा गौरवको कुरा भएको बताईन । महिलाहरु पनि कुनै मामलामा पुरुष भन्दा कम नहरेको भन्दै उनले यसले पनि महिला सशक्तिकरणमा पे्ररणा मिल्ने बिश्वास ब्यक्त गरिन । बिमोचन समारोहमा दुई दर्जन बढीले आ– आफना रचना कला प्रस्तुत गरेका थिए । कार्यक्रम प्रतिस्ठानका अध्यक्ष राघवेन्द्र श्रीवास्तवको अधयक्षता र ईन्दिरा देवकोटाको संचालनमा भएको थियाे ।

सम्बन्धित् समाचार