गृहपृष्ठ खबर खेल क्षेत्र स्वास्थ्य संग जोडिएको हुन्छ शिवराज नगर प्रमुख अधिकारी

खेल क्षेत्र स्वास्थ्य संग जोडिएको हुन्छ शिवराज नगर प्रमुख अधिकारी

प्रकाशित मिति:

खेल क्षेत्र स्वास्थ्य संग जोडिएको हुन्छ शिवराज नगरप्रमुख नेत्रराज अधिकारी बताउनु भयो । कपिलवस्तुको शिवराज नगरपालिकाको आयोजनामा खेलकुद महोत्सवको उद्रघाटनमा प्रमुख अथितिमा आसन बाट बोल्दै उक्त कुरा बताउनु भयो ।

नगर प्रमुख अधिकारीले सुख र सुविधा खुसि सग गासिने बताउनु भयो । शिक्षा स्वास्थ्य संग गासिएको छ खेल क्षेत्रले कुनै पनि ठाउँ चिनाउने हुदा यस खेलबाट शिवराज नगरपालिकालाई चिनाउनु पर्ने बताउनु खेलले नगरभित्रका खेलाडी क्षमता विकास हुने नगरप्रमुख नेत्रराज अधिकारीले बताउनुभयो भयो ।

कार्यक्रममा शिवराज नगरपालिका वडा न ३का वडा अध्यक्ष टेक लाल सापकोटाले खेलमा प्रभाकारी रुपमा सहभागि भएमा खेल महोत्सवलाइृ अझ राम्रो बनाउन सकिने बताउनु भयो ।जिल्ला खेलकुद विकास समितिका प्रमुख निम प्रसनद पोख्रेल खेलकुदले राष्टिय स्थरमा चिनाउने भएकोले खेल क्षेत्रको विकास गर्नु पर्ने बताउनु भयो । नेपाल सरकारको ऐनमा रहेर नगर खेलकुद समिति बनाएको यसै मातहतमा रहेर खेल आयोजना गरेको बताउनु भयो ।

शिवराज नगरपालिका उपप्रमुख शिव कुमारी थारुले शिवराज नगरपालिकाका खेलाडि लाई प्रोस्हान गरेको र आगमि दिनमा पनि सहयोग गदै जाने बताउनु भयो । एकै पटक नगरप्रमुख कप,उपप्रमुख कप र राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता उद्धघाटन भएको हो । विगतका वर्षमा नगरपालिकाले छ्ुटा छुटै खेल आयोजना गर्ने भएपनि यस वर्ष भने एकै पटक खेल आयोजना गरेकोे हो ।

नगरपालिकाको वार्षिक कार्यक्रम अन्तर्गत नगरप्रमुख कपको लागि ६ लाख ५० हजार,उपप्रमुख कपको लागि २ लाख र राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको लागि १ लाख बजेट विनियोजन गरेको थियो ।राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोतामा भलिबल ,कबड्डी,एथलेटिक्स,दौड,हाईजम्प,लम्जम्प,टिपलजम्प,सुटपुट,ज्यावलिङ्ग थ्रो,कराते प्रतियोगिता हुने छ ।

त्यस्तै मेयर कपमा फुटबल र क्रिकेट,उपमेयर कपमा फुटबल र कराते प्रतियोगिता हुने नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतक शेषकान्त पौडेलले बताउनुभयो । शिवराज नगरपालिका ५ चन्द्रौटा राष्ट्रिय माविको खेलमैदान,समिति खेलमैदान र शिवपुर खेलमैदानमा प्रतियोगिता हुने छ ।नगरप्रमुख उपप्रमुख कपमा फुटबल खेलमा १२ समुह,भलिबल खेलमा ३ समुह,क्रिकेट २ समुह,करातेमा २ समुह दर्ता भएको शिक्षा तथा खेलकुद शाखाका प्रमुख लोकराज पन्थिले बताउनुभयो ।

नगरपालिकाले विगतका वर्षहरु पनि यस्ता खेलहरु आयोजना गरेको भन्दै यसपटक सवै खेललाई एकैपटक आयोजना गरेको बताउनुभयो ।सवै वडा तथा विद्यालयका विद्यार्थीहरुलाई खेलमा सहभागी गराएको बताउनुभयो । कार्यक्रममा मानव अधिकार प्रतिष्ठानका अध्यक्ष, नेपाल कम्युनिष्ट पार्टीका नेता सरोज पौडेल,नेपाली काग्रेसका नगरसभापति मधु पोख्रेल,समाजवादी पार्टीका नगर अध्यक्ष कृष्णकुमार चौधरी,शिक्षकहरुले खेलमा शुभकामना दिनु भएको थियो ।

सम्बन्धित् समाचार