गृहपृष्ठ Featured कृष्णनगरमा अधिकृत नहुदा कामकाज ठप्प, शिक्षक अन्दोलित

कृष्णनगरमा अधिकृत नहुदा कामकाज ठप्प, शिक्षक अन्दोलित

प्रकाशित मिति:

विगत ३ महिना देखी कपिलवस्तुको कृष्णनगर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुदा कामकाज ठप्प भएको छ । अधिकृत नहुदा दैनिक आउने सेवा ग्राही निरास हुदै फर्किने गरेका छन । कृष्णनगरका प्रमुख प्रशासकीय अधिकृत दमोदर भण्डारी पाल्पाको तिनाउ गाँउपालिकामा सरुवा भई गएपनि कृष्णनगर अधिकृत विहिन भएको हो ।

गत साउन ९ गते निमित्त प्रमुख प्रशासकीयको जिम्मेवारी सम्हाल्दै आएका राज प्रसाद तिपाठी आवकास भएपछी भदौमा भण्डारी कृष्णनगर आएका थिए । भण्डारी कृष्णनगरमा मुस्कीलले १ महिना मात्र बसेर सोर्स फोर्सको दमले मंसीर मै आपनो पायक पर्ने स्थानमा सरुवा गराए ।

कपिलवस्तुको कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाह र उपप्रमुख सबनम खातुनले प्रमुख प्रशासकीय अधिकृतको लागि ५ पटक काठमाण्डौ धाउदा समेत कुनै सुनुवाई नभएको प्रमुख शाहले बताउनु भयो । शाहले पटक पटक संघीय मामिला तथा समान्य प्रशासन मन्त्रलायका मन्त्रीलाई भेटेर कृष्णनगरमा अधिकृत पठाउन माग गर्दा पनि मन्त्रालयले कुनै पहल नगरेको उहाले बताउनु भयो । शाहले भने मैले तत्कालिन मन्त्री मन्त्री लालबाबु पण्डित र अहिलेको मन्त्री हृदेश ज्युलाई पटक पटक कार्यकारी पठाउन मग गरे तर हाल सम्म कोही आएनन ।

जिल्ला प्रशासन कार्यालयबाट दुई पटक ज्ञापन बुझाए पनि हाल सम्म मन्त्रालयले कार्मचारी नपठाउनु दुखद भएको उप प्रमुख सबनम खातुनले बताउनु भयो । कृष्णनरको विकासको बाधक अहिले मन्त्रालय रहेको उहाले आरोप लागाउनु भयो ।

नगरपालिकामा अधिकृत नहुदा विकास निर्माणको काम ठप्प हुनुका साथै प्रशानिक काम बन्द भएको छ । त्यस्तै कर्मचारीले तलब खानाबाट समेत बन्चित भएका छन ।

सम्बन्धित् समाचार