गृहपृष्ठ Featured मायादेवी रंगशाला प्रदेशमै नमुना बन्दै, गुरुयोजना सहितको मस्यौदा तयार

मायादेवी रंगशाला प्रदेशमै नमुना बन्दै, गुरुयोजना सहितको मस्यौदा तयार

प्रकाशित मिति:

सरकारले खेलकुदलाई विकास गर्नका लागि विभिन्न कार्यक्रम ल्याए संगै कपिलवस्तुको मायादेवी रंगशाला प्रदेशमै नमुना बन्ने भएको छ । वाणगंगा ८ वालापुरमा जिल्ला तथा प्रदेश स्तरिय विभिन्न खेलहरु सञ्चालन गरिदै आएको उक्त रंगशालालाई सुविधा सम्पन्न स्टेडियम निर्माणका लागि डिपिआरको एनिमेसन गरिएको छ ।

५ हजार जना व्यक्ति अटाउने क्रिकेट स्टेडियम, १ हजार जना अट्ने भलिबल तथा ब्याडमिन्टन खेल्ने बहुउद्देशीय कभर्डहल निमाण गरिने ंगरि गुरुयोजना सहितको मस्यौदा तयार पारिएको वडाअध्यक्ष गुणानिधि भुसालले बताएका छन् । त्यस्तै ५ हजार सवारी साधन अट्ने पार्किङ स्थल, स्वास्थ्य उपचार कक्ष, खेलाडिका लागि सुविधा युक्त कक्ष, सञ्चार कक्ष तथा रेष्टुरेण्टको व्यबस्था सहित प्रदेशकै नमुना स्टेडियम निर्माण गर्न लागिएको उनले बताए ।

वाणगंगा नगरपालिकाको प्राविधिक सहयोगमा डिपिआरको मस्यौदा गरिएको बताईएको छ । गुरुयोजना सहितको मस्यौदा प्रस्तुत कार्यक्रममा वडा नं. ८ का अध्यक्ष गुणानिधि भुसाल, जिल्ला खेलकुद विकास समिति कार्यालय प्रमुख मिन पोख्रेल, टोल विकास संस्थाका अध्यक्ष तथा प्रतिनिधि एवम् सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।

सम्बन्धित् समाचार