गृहपृष्ठ Featured सैनामैनामा ‘मोबाइल एप्लिकेशन’ मार्फत तथ्याङ्क संकलन गरिदैँ

सैनामैनामा ‘मोबाइल एप्लिकेशन’ मार्फत तथ्याङ्क संकलन गरिदैँ

प्रकाशित मिति:

प्रदेश नं ५ सरकारले ‘एक घर एक धारा’को नीति अनुरुप प्रदेशका सबै घर परिवारमा शुद्ध खानेपानी उपलब्ध गराउने निती तथा कार्यक्रममा उल्लेख गरेको छ । प्रदेशको ‘एक घर धारा’को संकल्पलाई सफल बनाउन रुपन्देहीको सैनामैना नगरपालिकामा ‘मोबाइल एप्लिकेशन’ मार्फत तथ्याङ्क संकलन गरिने भएको छ ।
खानेपानी सरसफाई तथा स्वच्छता योजना निर्माणका लागि ‘मोबाइल एप्लिकेशन’ मार्फत तथ्याङ्क संकलन गर्न लागिएको सैनामैना नगरपालिकाले जनाएको छ । जसका लागि नगरले तथ्याङ्क संकलन तथा सम्पादन सम्बन्धि प्रशिक्षण तालिम आइतबारदेखी सुरु गरेको छ ।

मंगलबार सम्म संचालन हुने तालिममा सैनामैनाका ९ पुरुष र ८ महिला गरि १७ जना तथ्याङ्क संकलकहरु सहभागि छन् ।
खानेपानी सरसफाई तथा स्वच्छताको परिचय, पालिका वास योजनाको परिचय , पालिका वास योजनाको तथ्याङ्क संकलन विधि , वार्ड वास कार्यदलको सहयोग , ‘मोबाइल एप्लिकेशन’ प्रयोग विधि र ३ किसिमका प्रश्नावलीहरुको ज्ञान लगायतका बिषयमा जानकारी गराउने उद्देश्यले तालिम संचालन गरिएको नगर वास संयोजक एवम् प्रशिक्षक तुल्सा भण्डारीले जानकारी दिनुभयो ।

संयोजक भण्डारीका अनुसार प्रदेशको एक घर धाराको संकल्प प्रस्ताव बमोजिम स्थानीय तह स्तरमा सबै घर, विद्यालय, संस्था तथा सार्वजनिक स्थलहरुमा दिगो तथा सुरक्षित खानेपानी, सरसफाई तथा स्वच्छता उपलब्ध गराउनका लागि निर्माण गरिने एकीकृत , गतिशील तथा समग्र योजना नै स्थानीय वास योजना रहेको छ ।

तालिमले सबै घर, विद्यालय, संस्था तथा सार्वजनिक स्थलहरुको हालको खानेपानीको सरसफाईको अवस्था पहिचान गरि सर्भेक्षणबाट प्राप्त तथ्याङ्क विष्लेषण गरि नगरको खानेपानी, सरसफाई तथा स्वच्छता योजना निर्माण गर्नमा तालिमले आवश्यक सहायता प्रदान गर्ने सैनामैना नगरपािलकाका नगर प्रमुख चित्र बहादुर कार्कीले बताउनुभयो ।

हरेक घरमा पानी पु¥याउने मात्र नभई स्वच्छ पानी घरघरमा पु¥याउनु महत्वपुर्ण बिषय भएको उल्लेख गर्दै कार्कीले संकलकहरुलाई घरमा गई नम्र तरिकाले यथार्थ नतिजा आउने गरी मोबाइल एप्लिकेशन मार्फत तथ्याङ्कहरु संकलन गर्न निर्देशन दिनुभयो ।
प्रशिक्षक अस्मित खड्काले तालिममा विभिन्न स्थानहरु विद्यालय, स्वास्थ्य संस्था तथा सार्वजनिक शौचालयहरुहरु , खानेपानी तथा सरसफाई योजनाको विवरण र घरायसी वास सर्भेक्षणमा जाँदा त्यस सँग सम्बन्धित व्यक्ति अथवा स्थानियका बिच कसरी सोध्ने ? कस्तो प्रश्नहरु गर्ने ? कस्ता खालका समस्याहरु छन् ? र ‘मोबाइल एप्लिकेशन’ मा कसरी अपडेट गर्ने लगायतका बिषयमा तालिम दिइने बताउनुभयो ।

सैनामैना ४ मुर्गियाको सभाहलमा भएको कार्यक्रममा अधिकृतहरु केशवराज अर्याल, सन्तकुमार चौधरी र महेश अधिकारीले बोल्दै तालिम पश्चात तथ्याङ्क संकलन गरिने हुँदा ध्यानपुर्वक सिक्न आग्रह गर्दै शुभकामना व्यक्त गरे । नगरमा वडा वास कार्यदल गठन भइसकेको छ ।

सम्बन्धित् समाचार