सिद्धार्थ क्याम्पसमा आज एक कार्यक्रमको आयोजना गरी ह्विलचियर वितरण कार्यक्रम सम्पन्न गरीएको छ । अन्तर्राष्ट्रिय गैरसरकारी सामाजिक संस्था हेल्पिङ हेण्डको सहयोग र लिडो नेपालको समन्वयमा ह्विलचियर वितरण गरीएको हो । . क्याम्पसमा अध्ययनरत फरक क्षमता भएका दुई छात्रलाई ह्विलचियर प्रदान गरीएको हो । कक्षाकोठामा जसोतसो आए पनि शौाचलय र क्यानटिन आवतजावत गर्न निकै कठिनाई भएको अवस्थामा क्याम्पसले ह्विलचियर उपलब्ध गराउँदा आफुलाई निकै खुशी लागीरहेको फरक क्षमता भएका विद्यार्थी नन्दकिशोर यादवले बताए । कार्यक्रमका प्रमुख अतिथि संघीय सांसद अत्तहर कमालले कार्यक्रमलाई सम्बोधन गर्दै विद्याथीले शारीरिक अशक्तताका बावजुत पनि शिक्षाप्रतिको यो मोह र लगनशीलता देखाएकोमा विद्यार्थीको खुलेर प्रशांसा गर्नु भएको थियो ।
त्यस्तै उहाँले व्यक्तिको प्रतिभा, क्षमता र वौद्धिकता उसको शारीरिक अवस्थाले निर्धारण नगर्ने हुदाँ तिनीहरुलाई सदैव साथ र सहयोग गर्न सम्पुर्ण विद्यार्थीलाई आग्रह गर्नुभयो । क्याम्पस प्रमुख खेमराज शर्माले अघिल्ला बर्षहरुमा यस्ता फरक क्षमता भएका विद्यार्थी नभएको तर यो वर्ष तेस्ता विद्यार्थीलाई सहज हुने किसिमको वातावरण निर्माण गर्न क्याम्पस तत्परताका लागी परेको उहाँले बताउनुभयो । कार्यक्रमका अध्यक्ष तथा क्याम्पस व्यवस्थापन समितिका उपाध्यक्ष रवि बहादुर काफ्लेले सिद्धार्थ क्याम्पसलाई अपाङगमैत्री बनाउँदै शैक्षिक गुणस्तरमा पनि अझ सशक्त बनाउँदै लैजाने उद्घोष गर्नुभयो । .
कार्यक्रम क्याम्पस व्यवस्थापन समितिका उपाध्यक्ष रवि बहादुर काफ्लको अध्यक्षता,संघीय सांसद अत्तहर कमालको प्रमुख अतिथ्यता,सुनिता बेल्बासे, क्याम्पस प्रमुख खेमराज शर्मा,सहायक क्याम्पस प्रमुख वेदराम अर्याल,प्रध्यापकहरु राजकुमार अर्याल,गुणाखर घिमिरे,मोहन घिमिरे,रमेशचन्द्र भुसाल,रोमाकान्त घिमिरे,गोविन्द प्रसाद पोख्रेल,संजय नेपाल,विद्यार्थी नेताहरु चन्द्रकान्त पोख्रेल,हरी ढुङगाना,दिनेश क्षेत्री,तिलक थापा लगायतको आतिथ्यता रहेको कार्यक्रमको संचालन प्रध्यापक गोविन्द प्रसाद खनालले गर्नुभएको थियो ।