गृहपृष्ठ Featured बच्चा बोकेकी महिलालाई लाठी प्रहार गर्ने इन्सपेक्टरमाथि कारवाही

बच्चा बोकेकी महिलालाई लाठी प्रहार गर्ने इन्सपेक्टरमाथि कारवाही

महानगरीय प्रहरी प्रभाग भैंसेपाटीका इन्चार्ज एवम् प्रहरी निरीक्षक देवीप्रसाद पौडेल कारबाहीमा परेका छन् । उनलाई भैंसेपाटी प्रभागको जिम्मेवारीबाट मुक्त गरेर महानगरीय प्रहरी परिसर ललितपुर तानिएको हो ।

केही दिनअघि नेपाली सेनाका अवकाशप्राप्त सहायक रथी ९जर्नेल० हेम खत्रीको घरमा बच्चा बोकेकी एक महिलामाथि निर्मम ढङ्गले प्रहरी निरीक्षक पौडेलले लाठी प्रहार गरेको भिडियो सार्वजनिक भएको थियो ।

हेम खत्री आफ्नो पति भएको दावी गर्दै माला साह नाम गरेकी महिला केही महिला तथा अधिकारकर्मीलाई लिएर भैंसेपाटीस्थित खत्रीको निवासमा पुगेकी थिइन् । वर्षौँदेखि सम्बन्ध रहे पनि पछिल्लो समय खत्रीले बेवास्ता गरेको उनको आरोप थियो ।

सोही क्रममा मालाका लागि न्याय माग्न खत्रीको निवास पुगेकी हेमा श्रेष्ठलाई प्रहरी निरीक्षक पौडेलले बच्चा बोकेको अवस्थामा समेत निर्मम ढङ्गले लगातार लाठी प्रहार गरेका थिए ।

महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले प्रहरी निरीक्षक पौडेललाई कारवाहीस्वरुप ललितपुर परिसरमा तानिएको पुष्टि गरे । उनीमाथि थप छानविन भइरहेको र छानविनको निष्कर्षपछि थप कारवाही हुने ज्ञवालीले जनाए ।

सम्बन्धित् समाचार