गृहपृष्ठ Featured ५ नम्बर प्रदेशका स्थानीय तहविरुद्ध अख्तियारमा उजुरी बढ्दो

५ नम्बर प्रदेशका स्थानीय तहविरुद्ध अख्तियारमा उजुरी बढ्दो

प्रकाशित मिति:

 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलमा स्थानीय तहमा भएका भ्रष्टाचार र अनियमितताका उजुरी बढ्दो छ । स्थानीय जनप्रतिनिधि आएपछि स्थानीय तहमा भइरहेको भ्रष्टाचार र अनियमितताका उजुरीका संख्या वृृद्धि भएको छ  ।

सबैभन्दा बढी स्थानीय तहमा भएका भ्रष्टाचार र अनियमितताका उजुरी पर्ने गरेको कार्यालयले जनाएको छ । चालु आर्थिक वर्षको माघ मसान्तसम्म स्थानीय तहसँग जोडिएका ३ सय ९३ वटा उजुरी अख्तियारमा परेको कार्यालयले जानकारी दिएको छ ।

जसमध्ये ७५ वटा उजुरी पछ्र्याैट भइसकेका छन् । कार्यालयका प्रमुख भिष्मकुमार भुसालका अनुसार उपभोक्ता समितिबाट हुने अनियमिता, निर्माण तथा खरिदमा हुने अनियमितता, सेवाको सिफारिस र स्वीकृतिमा हुने अनियमिताका उजुरीहरु बढी मात्रामा आउने गरेका छन् ।

त्यसरी उजुरी आउनेमा शिक्षाका ३ सय २, भूमिका १ सय १५, वनका ५६, कृषिका ३१, गृहका ३४, स्वास्थ्यका २४, खानेपानीका १८, अर्थका १३, उर्जाका २८ र अन्य ५७ वटा उजुरी गरी माघ मसान्तसम्म १ हजार ९९ उजुरी दर्ता भएको कार्यालयले जनाएको छ ।

१ हजार ९९ कुल उजुरीमध्ये आर्थिक वर्षका बाँकी ४ सय ८३ उजुरी समेतका हुन् । अख्तियार कार्यालयले १ हजार ९९ उजुरीमध्ये ५ सय ८३ फर्छच्यट गरिएको छ ।

त्यस्तै माघ मसान्तसम्म २२ जनालाई घुससहित रंगेहात पक्राउ परेकाहरुबाट १० लाख ६२ हजार रुपैयाँ बरामद गरिएको प्रमुख भुसालले बताए  ।

रुपन्देहीमा धेरै

पाच नम्बर प्रदेशको बाँके र बदिया बाहेक जिल्लाहरुमा कार्यक्षेत्र रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलका अनुसार सबैैभन्दा बढी उजुरी रुपन्देहीका परेका छन् ।

रुपन्देहीका ३ सय ५० उजुरी दर्ता भएकोमा माघ मसान्तसम्म १ सय ९५ उजुरी पछ्र्याैट भएको अख्तियारले जनाएको छ ।

त्यस्तै कपिलवस्तुमा २ सय ११, नवलपरासीपश्चिममा १ सय ५९, अर्घाखाँचीमा ८९, गुल्मीमा ८१, नवलपरासी पूर्वमा ६४, रोल्पामा ४०, प्युठानमा २० र रुकुमपूर्वका १० वटा उजुरीका दर्ता भएका छन् । भ्रष्टचार न्यूनिकरणका लागि केही सुधारका प्रयासहरु भएपनि प्रविधिको विकाससंगै भ्रष्टाचारका स्वरुप र शैलीमा परिर्वतन हुँदा न्यूनिकरणमा चुनौती थपिएको कार्यालय प्रमुख भुसालले बताए ।

अख्तियारले आर्थिक बर्ष ०७६÷०७७ देखि ०८०÷०८१ सम्म रणनीतिक योजना बनाएर भ्रष्टाचार न्यूनिकरणका लागि निरोधात्मक,उपचारत्मक,प्रबद्र्धनात्मक र संस्थागत क्षमता विकासको रणनिती बनाएर लागु गरिरहेको छ।

यही रणनीति अनुसार अख्तियारले सामुदायिक शिक्षा कार्यक्रम ५ वटा शुसासन प्रबद्र्धन सम्बन्धी ५ वटा अन्य सचेतनामूलक कार्यक्रम पनि गरेको बताइएको छ ।

अख्तियारले गत आर्थिक वर्षमा १ हजार ३ सय २० उजुरी दर्ता भएकोमा ८ सय ३७ वटा उजुरी पछ्र्याैट गरेको थियो ।

गत वर्षमा पनि सबैभन्दा बढी उजुरी रुपन्देहीका ४ सय ५५ वटा परेका थिए । भने सबैभन्दा कम रुकुमपूर्वका १० वटा मात्र परेका थिए ।

सम्बन्धित् समाचार