गृहपृष्ठ Featured वाणगंगा नगरपालिकाद्धारा होली पर्व सामान्य रुपमा मनाउन नगरवासीलाई आग्रह

वाणगंगा नगरपालिकाद्धारा होली पर्व सामान्य रुपमा मनाउन नगरवासीलाई आग्रह

कपिलवस्तुको वाणगंगा नगरपालिकाले चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड १९) ले विश्व आक्रान्त पारिरहेको अवस्थामा नजिकीदै गरेको रंगहरुको पर्व होली सामान्य रुपमा मनाउन नगरवासीहरुलाई आग्रह गरेको छ । विहीबार बसेको नगर कार्यपालिकाको बैठकले भाइरसबाट बच्नका लागि भिडभाडमा नजान, ठूला ठूला कार्यक्रम आयोजना नगर्न निणर्य गरेको हो । यससंगै प्रधानमन्त्री स्वरोजगार कार्यक्रमका लागि चालु आ.व.का योजना समेत छनोट गरेको छ । बैठकले १ सय दिने बेरोजगारलाई रोजगार दिने गरी योजना छनोट गरेको हो ।

केन्द्र सरकारले हरेक स्थानीय तहलाई १० लाख देखि ७५ लाखसम्म वेरोजगार नागरिकका लागि रोजगारी दिने गरी बजेट छुट्याउने गरेको छ । सोही अनुसार रु.७५ लाख बजेट वाणगंगा नगरपालिकाले प्राप्त गरिसकेको र सो रकम विभिन्न वडाको विकास निर्माणका काममा खर्च गर्ने गरी योजना छनोट गरेको नगरपालिकाका प्रवक्ता विष्णु प्रसाद पौडेलले जानकारी दिए । उनले गत बर्ष बेरोजगार फारम भरेकाहरुले मात्र यो अवसर पाउने बताए ।

प्रत्येक वडामा बेरोजगारहरुको तथ्याङ्क रहेको भन्दै सोही तथ्याङ्कको आधारमा रोजगारी दिने गरी प्रक्रिया अगाडी बढाइने बताइएको छ । यो बर्ष समयमै बजेट आएकोले काम प्रभावकारी देखिने विश्वास नगरपालिकाले लिइएको छ ।

यसैगरी नगर कार्यपालिकाको बैठकले तराई मधेस समृद्धि कार्यक्रमको लागि पनि योजना छनौट गरेको छ । मधेशका लागि सिंचाई, स्वास्थ्य, सडक र शिक्षालाई बढी जोड दिएको योजना बनाई बजेट माग गरिएको प्रवक्ता पौडेलले बताए ।

सम्बन्धित् समाचार