गृहपृष्ठ खबर मोटरसाइकलको टंकीबाट साढे आठ किलो चाँदीका गहनासहित भारतीय नागरिक पक्राउ

मोटरसाइकलको टंकीबाट साढे आठ किलो चाँदीका गहनासहित भारतीय नागरिक पक्राउ

प्रकाशित मिति:

बाँके प्रहरीले ठूलो परिमाणमा चाँदीका गहना बरामद गरेको छ। नेपालबाट भारत लैजान तयारी अवस्थामा रहेको आठ किलो पाँच सय ग्राम चाँदीसहित भारतीय नागरिक पक्राउ परेको बाँके प्रहरीले जनाएको छ। गोप्य सूचनाको आधारमा मोटरसाइकलको टंकीमा लुकाएर राखेको चाँदीका गहनासहित भारत, नानपाराका अलिव सलमानीलाई पक्राउ गरिएको वडा प्रहरी कार्यालय, नेपालगन्जले जनाएको छ।

वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक हरिबहादुर बस्नेतको टोलीले सलमानीले प्रयोग गर्दै आएको यूपी ०३२ जेपी ३८८८ नम्बरको मोटरसाइकलको टंकीबाट उक्त परिमाणको चाँदीका गहना बरामद गरेको हो। यसअघि पनि बाँके प्रहरीले भारत लैजान लागेको चाँदीका गहना बरामद गरेको थियो।

सम्बन्धित् समाचार