कपिलवस्तुको बुद्धभूमि नगरपालिकाका वडा नं १ का वडा अध्यक्ष तेज बहादुर बस्नेत (तिलक) ले कोराना भाइरसबाट सजग रहन सम्पूर्ण वडा बासीमा आग्रह गर्नुभएको छ । विश्वभर त्रास फैलाएको कोरोना भाइरस कुनै पनि बेला, जुन सुकै व्यक्तिलाई लाग्न सक्ने भन्दै पूर्व सचेतना जरुरी रहेको उहाँले औल्याउनुभयो । कोरोना भाइरसबाट सजगताका लागि वडा भित्र कुनै पनि सभा, सम्मेलन, गोष्ठि, सेमिनार गर्न निशेष गरिएको उहाँले जानकारी दिनुभयो ।
वडाले अन्तर्राष्ट्रिय नारी दिवस मनाउने कार्यक्रम पनि स्थगित गरेको जानकारी दिनुभयो । नारी दिवसमा वडाले भव्य कार्यक्रम गर्ने लक्ष्य राखेपनि कोरोना भाइरसको त्रासका कारण सामान्य जमघट भएर मात्र कार्यक्रम गर्न सकिने उहाँको भनाई छ ।
कोरोना भाइरस अन्त्यन्तै गम्भिर खालको भएकोले ठूला भिडभाडमा नजान पनि उहाँले आग्रह गर्नुभएको छ । भाइरसको त्रासले विज्ञहरुले हात नमिलाउन आग्रह गरिरहेको बेला वडा अध्यक्ष बस्नेतले पनि हात नमिलाउन आग्रह गर्नुभएको छ ।
कोराना भाइरसबाट सजग रहन वडा बासिमा अध्यक्ष बस्नेतको आग्रह
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैदसैंका लागि खुलाएको अग्रिम बुकिङ सेवा बन्द
१ घण्टा अघि
लिभरपुलको लगातार दोस्रो जित
१ घण्टा अघि
मेसी र स्वरेजको गोलमा इन्टर मियामी विजयी
१ घण्टा अघि
कोशी र बागमती गण्डकीमा वर्षा : सतर्क रहन आग्रह
१ घण्टा अघि
टी-२० महिला विश्वकप आजदेखि सुरु हुँदै
१ घण्टा अघि