गृहपृष्ठ Featured बाणगंगामा फेरी चोरिको घट्नाः गौरी भवानी मा.विका चारवटा ताला काटेर कार्यालय तोडफोड

बाणगंगामा फेरी चोरिको घट्नाः गौरी भवानी मा.विका चारवटा ताला काटेर कार्यालय तोडफोड

कपिलवस्तुको बाणगंगामा दैनिक रुपमा भएका चोरिका घटनाले जताततै त्रास फैलाएको छ । केहि दिन अगाडि देखि बाणगंगा नगरपालिका ४ दरखास्तका ४ घरमा अज्ञात समुहले करोडौंको धनमाल चोरि ग¥यो । त्यसपछि भक्तौलिको एक घरमा चोरी भयो । यी घट्नाहरुको सत्य तथ्य पत्ता नलाग्दै फेरी अर्को चोरीको घट्ना भएको छ ।

गएराति बाणगंगा ३ भक्तौलीमा रहेको गौरी भवानी मा.वि.मा पनि तोड फोड भएको छ । विद्यालय समेत नछोडि तोड फोड गर्ने चोरहरुको समुह निडर र ठुलै समुह रहेको अनुमान गर्न सकिन्छ । चोरको समुहले गौरी भवानी मा.वि.मा चारवटा ताला काटेर विद्यालयको कार्यलय तोडफोड गरेको तर केहि सामान लगेको पत्ता लागेको छैन ।

मुल गेटको चापी तथा विभिन्न ढोकाका चापी तोड्नुका साथै दराजको लक पनि तोडफोड भएको छ भने नजिकै रहेको ट्यांकीमा रहेका किराना सामानहरु पनि चोरी भएको पबित्रा थापाले बताईन् । उनले नगद त्यहाँ नभएकोले करिव २ हजार ५ सय बराबरको सामान चोरी भएको गुनासो गरिन् ।

यसरि दुई महिना देखि जताततै दैनिक रुपमा चोरि हुदाँ पनि प्रहरि प्रशासनले अझैसम्म चोर पत्ता लगाउन सकेको छैन । घट्नास्थलमा पुगी अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।

सम्बन्धित् समाचार