गृहपृष्ठ Featured बाणगंगामा फेरी चोरिको घट्नाः गौरी भवानी मा.विका चारवटा ताला काटेर कार्यालय तोडफोड

बाणगंगामा फेरी चोरिको घट्नाः गौरी भवानी मा.विका चारवटा ताला काटेर कार्यालय तोडफोड

प्रकाशित मिति:

कपिलवस्तुको बाणगंगामा दैनिक रुपमा भएका चोरिका घटनाले जताततै त्रास फैलाएको छ । केहि दिन अगाडि देखि बाणगंगा नगरपालिका ४ दरखास्तका ४ घरमा अज्ञात समुहले करोडौंको धनमाल चोरि ग¥यो । त्यसपछि भक्तौलिको एक घरमा चोरी भयो । यी घट्नाहरुको सत्य तथ्य पत्ता नलाग्दै फेरी अर्को चोरीको घट्ना भएको छ ।

गएराति बाणगंगा ३ भक्तौलीमा रहेको गौरी भवानी मा.वि.मा पनि तोड फोड भएको छ । विद्यालय समेत नछोडि तोड फोड गर्ने चोरहरुको समुह निडर र ठुलै समुह रहेको अनुमान गर्न सकिन्छ । चोरको समुहले गौरी भवानी मा.वि.मा चारवटा ताला काटेर विद्यालयको कार्यलय तोडफोड गरेको तर केहि सामान लगेको पत्ता लागेको छैन ।

मुल गेटको चापी तथा विभिन्न ढोकाका चापी तोड्नुका साथै दराजको लक पनि तोडफोड भएको छ भने नजिकै रहेको ट्यांकीमा रहेका किराना सामानहरु पनि चोरी भएको पबित्रा थापाले बताईन् । उनले नगद त्यहाँ नभएकोले करिव २ हजार ५ सय बराबरको सामान चोरी भएको गुनासो गरिन् ।

यसरि दुई महिना देखि जताततै दैनिक रुपमा चोरि हुदाँ पनि प्रहरि प्रशासनले अझैसम्म चोर पत्ता लगाउन सकेको छैन । घट्नास्थलमा पुगी अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।

सम्बन्धित् समाचार