कपिलवस्तुको बुद्धभूमि नगरपालिकाका वडा नं ३ का वडा अध्यक्ष विकास आचार्यले कोराना भाइरसबाट सजग रहन सम्पूर्ण वडा बासीमा आग्रह गर्नुभएको छ । विश्वभर त्रास फैलाएको कोरोना भाइरस कुनै पनि बेला, जुन सुकै व्यक्तिलाई लाग्न सक्ने भन्दै पूर्व सचेतना जरुरी रहेको उहाँले औल्याउनुभयो ।
हाम्रो आकास तथा धरतीमा करोडौं किटाणु छन् | त्यस मध्ये नोबेल कोरोना एउटा भाइरस हो | रोग त्यसलाई लाग्छ, जसको रोग प्रतिरोधात्मक क्षमता कम हुन्छ | रोगसँग लड्ने क्षमताको बिकास गरेमा यस्ता खहरे रोगसँग डराउनु नपर्ने आचार्यले बताउनुभयो |
रोग प्रतिरोधात्मक क्षमता बढाउन पोषिलो र घरमा बनेको खाने कुरा खाने बानी बसालि हरियो सागसब्जी, फलफुल, दुध, गेडागुडी नियमित खाने भिटामिन C, B6, E, Zinc लगायत पोषण पाउने खाना सेवन गर्नुका साथै नियमित खेल खेल्ने बानी बसालि चुरोट, सुर्ती, अल्कोहलजस्ता हानिकारक पदार्थको सेवन नगर्न आग्रह गर्नुभएको छ।
कोरोना भाइरस अन्त्यन्तै गम्भिर खालको भएकोले ठूला भिडभाडमा नजान पनि उहाँले आग्रह गर्नुभएको छ । भाइरसको त्रासले विज्ञहरुले हात नमिलाउन आग्रह गरिरहेको बेला वडा अध्यक्ष आचार्यले पनि हात नमिलाई मन मिलाउन आग्रह गर्नुभएको छ ।