गृहपृष्ठ Featured कपिलवस्तुमा भारतीय समुहको दादागिरि, अवैध रुपमा माछाका भुरा व्यापार गर्दै

कपिलवस्तुमा भारतीय समुहको दादागिरि, अवैध रुपमा माछाका भुरा व्यापार गर्दै

कपिलवस्तुमा अवैध रुपमा माछाका भुरा व्यापार गर्दै आएका भारतीय समुहले दादागिरी गर्दै आएको छ । आफ्नो पसल दर्ता विनानै १७ बर्ष सम्म यसरी संचालित रहेको बताउने भुरा माछा पसलका संचालक रतन चौधरीले जतिनै समाचारहरु प्रकासित भएपनि आफुहरु लाई केहि असर नपर्ने बताए ।

यसरि हेर्दा अवैध माछाका भुरा व्यापारमा कतै स्थानिय सरकारको आडमा संचालित होकि भन्ने स्थानिय व्यापारिहरुमा प्रश्न खडा भएको छ । जिल्लामा बर्षाै देखि अवैध रुपमा संचालित माछाका भुरा व्यापार मौलाउँदै जादाँ स्थानीय सरकार र उधोग बाणिज्य संघले समेत यति लामो समय सम्म वास्ता नगर्दा विविध खालका प्रश्न उठ्न लागेका हुन ।

 

यस्ता व्यापारिले गर्दा बाणगंगा लगायत जिल्लाका अन्य स्थानीय व्यापारिहरु ठुलो मर्कामा परेका छन् । देशमै केहि गरौँ भने पनि देशको यस्तो अवस्था हेर्दा युवाहरुले लगानि लगाउन सक्ने स्थिति देखिँदैन । स्थानीय सरकारले स्थानिय व्यापारिहरु माथि जति निगरानि र आर्दशका कुराहरु गर्छन त्यति अवैधरुपमा संचालित भारतीय व्यापारीहरुलाई किन गर्दैनन् भन्ने प्रश्न अर्कातिर उठेको छ । जिल्लाको बाणगंगा लगायतका विभिन्न क्षेत्रमा भारतबाट आएको समुहले मांगुर माछाका भुराहरु व्यापार गर्दै आएका छन् । कपिलवस्तु लगायत २०० जति स्थानमा यसरी भुरा माछाका व्यापारीहरु रहेको चार नम्वर जितपुर जाने बाटोमा सचांलीत रहेको भुरा माछा पसलका संचालक रतन चौधरी बताउँछन् ।

सम्बन्धित् समाचार