गृहपृष्ठ Featured वाणगंगा २ द्धारा ३५ जनालाई निःशुल्क कम्प्युटर तालिम प्रदान, अपांगलाई ह्विल चियर पनि वितरण

वाणगंगा २ द्धारा ३५ जनालाई निःशुल्क कम्प्युटर तालिम प्रदान, अपांगलाई ह्विल चियर पनि वितरण

प्रकाशित मिति:

कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं. २ ले अपांगहरुलाई ह्विल चियर वितरण गरिएको छ । वडालाई अपांगमैत्री वडा निर्माण गर्ने उद्देश्यले वडाका ४ जना अपांगता भएका व्यक्तिहरुलाई ह्विल चियर वितरण गरिएको वडाअध्यक्ष बिष्णु पौडेलले बताए । ह्विल चियर पाएसंगै उनीहरुले खुसी व्यक्त गरेका थिए । त्यस्तै वडाले आयोजना गरेको निःशुल्क कम्प्युटर तालिम सम्पन्न गरिएको छ । युवायुवतिहरु लाई उक्त तालिम प्रदान गरिएको थियो । वडाका नागरिकहरुलाई २१ औँ शताब्दीमा आधुनिक प्रविधि सम्बन्धि शिक्षा प्रदान गर्ने उद्देश्यले कम्प्युटर तालिमको आयोजना गरिएको वडा कार्यालयले जनाएको छ । वडाअध्यक्ष पौडेलले भौतिक विकासले मात्र वडा समृद्ध नहुने बताउँदै आधुनिक प्रविधिको विकास संगै सबै परिवर्तन हुनुपर्ने बताए । ३५ जनाको सहभागिता रहेको तालिम प्रभावकारी रहेको प्ीशक्षक विवेक बिसिले बताए ।

कार्यक्रममा वाणगंगा नगर उप–प्रमुख चक्रपाणि अर्यालले निःशुल्क तालिम लिएको भन्दै वेवास्ता गर्न नहुने भन्दै सिकेका कुराहरुलाई व्यवहारमा उतार्न आग्रह गरे । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका अर्यालले आधुनिक प्रविधि संगै कम्प्युटर शिक्षा अति आवश्यक रहेको बताए । त्यस्तै आफुहरु वाणगंगालाई अपागमैत्री नगर निर्माण गर्ने अभियानमा रहेको बताउँदै अपांगहरुलाई ह्विल चियर वितरण गरिएको बताए । वडाअध्यक्ष पौडेको अध्यक्षता, वडा सदस्य नहकुल शाहि, महिला सदस्य अपांग उत्थान समाज कपिलवस्तुका कार्यालय सचिव ढाकाराम अधिकारी, वडा तथा महिला सदस्यहरु, प्रशिक्षार्थीहरु उपस्थित रहेको कार्यक्रम टिका कुमारी अधिकारीको स्वागत तथा नरेन्द्र पोख्रेलेको सञ्चालनमा सम्पन्न भएको थियो ।

सम्बन्धित् समाचार