गृहपृष्ठ Featured कपिलवस्तुमा मास्कको अभाब देखाएर व्यापारीहरुले सुरु गरे कालोबजारी

कपिलवस्तुमा मास्कको अभाब देखाएर व्यापारीहरुले सुरु गरे कालोबजारी

  

 

कपिलवस्तुमा मास्कको अभाब देखाएर व्यापारीहरुले कालोबजारी सुरु गरेको आम सर्वसाधरणले गुनासो गरेका छन् । नेपालमा पनि कोरोनाभाइरस’ फैलन सक्ने हल्लाका कारण बजारमा मास्कको माग ह्वात्तै बढेसंगसंगै व्यापारीहरुले यस्तो गरेको हुनसक्ने सर्वसाधरणले बताएका छन् । व्यापारीहरुले मास्क बिक्री गरेर चर्को मुल्य लगाउने गरेको उपभोक्ताको गुनासो छ । क्लिनिकहरुमा आमसर्वसाधरण मास्क खरिद गर्न पुग्दाँ उपलव्ध नभएको भनि आलटाल गर्ने गरेको उपभोक्ताको गुनासो छ । एउटा ४०/५० रुपैयाको मास्कलाई १३० रुपैयासम्म लिएको उपभोक्ताको गुनासो भनाई छ ।  कपिलवस्तुका मुख्य बजारहरु जीतपुर, कृष्णनगर, चन्द्रौटा, तौलिहवा लगायतका ठाउँमा मास्कको अभाव देखिएको हो । सम्बन्धित निकायले आमसर्वसाधरणलाई सचेत बनाउनुका साथसाथै बजार अनुगमनमा पनि तीव्रता देखाउनुपर्ने आमसर्वसाधरणको भनाई छ ।

विश्वका ८८ भन्दा बढी देशमा कोभिड–१९ अर्थात् कोरोना भाइरस फैलिएसँगै स्वस्थ्य व्यक्तिले पनि मास्कको खोजी गरी संक्रमणबाट टाढै रहने प्रयास गरिरहेका छन् । कपिलवस्तुमा पनि कोरोना भाइरसबाट आमसर्वसाधरण त्रसित बनेका छन् ।
यद्यपि, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमन तथा कारबाहीको प्रक्रियालाई अगाडि बढाएको दाबी गरेको छ । कोरोनाको नाममा कालोबजारी गर्ने र कृत्रिम अभाव खडा गर्ने काम आफूहरुले नगर्ने दाबी पनि केही क्लिनिक सन्चालकहरुको भनाई छ ।
मास्कको माग ह्वात्तै बढेपनि डिलरबाट आवश्यक मात्रामा उपलब्ध हुन नसकेको क्लिनिकहरुको भनाइ छ । सरकारले कोरोनाबाट सतर्कता रहन मास्क लगाउन आह्वान गरेपनि अधिकांश क्लिनिकहरुमा अभाव सिर्जना गरिएको छ ।
अत्यावश्यक वस्तुहरुको अभाव हुन नदिने र कालोबजारी नियन्त्रण गर्नु सरकारको दायित्व हो । त्यसैगरी, सरकारले सर्वसाधारणलाई आश्वस्त पार्ने गरी प्रस्तुत हुनु पनि उत्तिकै जरुरी छ ।.

सम्बन्धित् समाचार