कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ८ मा आफ्नै बाबू द्वारा छोरी बलात्कृत भएको घटना बाहिर आएको छ । बर्षौ देखि आफ्नै छोरी माथी यौन हिंसा गर्दै आएका अन्दाजी ४० बर्षिय राम थापा ( परिवर्तित नाम ) लाई यति बेला प्रहरी हिरासतमा राखी अनुसन्धान शुरू गरिएको छ ।
आफ्नै छोरी माथी अनेकौं डर र त्रासको अवस्था सृजना गरि बर्षौ देखि बलात्कार गरेको खुल्न आएको हो । पछिल्लो समय पिडित बालिकाको आमाले उक्त यौन हिंसाको घटना थाहा पाए पछि उन्ले इलाका प्रहरी कार्यालय पिपरामा उजुरी दर्ता समेत गरेकी थिइन् ।
भएको के थियो ?
पिडित बालिकाकी आमा घरमा नभएको मौका छोपेर बलात्कार आरोपी (परिवर्तित नाम ) राम थापाले आफ्नै छोरिलाई विभिन्न समयमा घरमै बलात्कार गर्ने गरेका थिए , बालिकालाई मनोबैज्ञानिक डर , त्राश को अवस्था सृजना गरि घटनालाइ बाहिर आउन दिएका थिएनन् बलात्कार संगै उन्ले विभिन्न गर्भपतनका औषधिहरू समेत बालिकालाइ खुवाउने गरेको खुल्न आएको छ ।
घटना कसरी बाहिर आयो?
एक हप्ता अगाडी पिडित बालिकाकि बैनीले आफ्नी आमा संग ‘ तपाइँ नभएको समयमा बुबाले दिदिलाइ ढोका लगाएर भित्र कोठामा के के गर्नु हुन्छ’ भनेर सुनाँए पछि घटना बारे पिडित बालिकाकी आमाले जानकारी पाएकी थिइन् लगत्तै उन्ले पिडित बालिका यानी छोरीलाई सम्झाइ बुझाइ घटनाको बारेमा यथार्थ जान्ने प्रयास गरिन पिडित बालिकाले घटना बारे आमालाइ जानकारी दिए पछि यो घटना प्रशासन सम्म पुगेको छ ।
(पीडित बालिकाकी आमा सँग गरिएको कुराकानीमा आधारित)
यो पनि पढ्नुहोस्
https://www.waikhari.com/archives/18454