हिन्दु धर्मालम्बीहरुले मनाउने रगंहरुको पर्व होलि पर्वलाई मर्यादित बनाउन कपिलवस्तुमा पुर्ण रुपमा मदिरा बन्द गर्न जिल्ला प्रशासन कपिलवस्तुले आग्रह गरेको छ ।
जिल्लाभरि रहेका थोक तथा खुद्रा मदिरा पसलहरु ,होटल रेष्टुरेन्टहरुलाई जिल्ला प्रशासन कार्यलय तौलिहवाले अनुरोध गरेको हो । फागुन २६ गते सोमवार साझको ६ बजे देखि २७ गते मंगलवार साझको ८ बजे सम्मका लागि प्रशासनले मदिरा बन्द गर्न सुचना मार्फत जानकारी गराएको छ । चाडपर्वका बेला समाजमा घटिरहने आपराधिक घटना घट्न नदिनका लागि प्रशासनले यस्तो कदम चालेको हो ।