गृहपृष्ठ Featured सरोकारवाला बीच कोरोना भाइरस नियन्त्रण सम्बन्धि जिल्ला प्रशासन कार्यालय तौलिहवामा छलफल

सरोकारवाला बीच कोरोना भाइरस नियन्त्रण सम्बन्धि जिल्ला प्रशासन कार्यालय तौलिहवामा छलफल

प्रकाशित मिति:

कोभिड १९ का नामले चिनिएको कोरोना भाइरसले यतिबेला विश्व आक्रामक बनाएको छ । विश्वका ८० बढी देशमा फैलिसकेको कोनाबारे सतर्कता अपनाउन नेपाल सरकारले सबैलाई आग्रह गरेको छ । यस्तै कपिलवस्तु जिल्ला प्रशासन कार्यालय तौलिहवाले सरोकारवालाहरुसँग छलफल गर्दै सोमवार कोरोना जस्तो अति छिटो संक्रमित हुने रोगबाट बच्नका लागि सबै जागरुक हुन जरुरी रहेको बताइएको थियो । कोरोना भाइरसलाई कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने विषयमा छलफल केन्द्रीत रहेको थियो ।

 

साबुन पानीले हात धुने, जो संक्रमित छ त्यसले अनिवार्य रुपमा मास्कको प्रयोग गर्नुपर्ने, भिडभाडमा हिँड्दा मास्क लगाउने लगायतका उपाय अपनाउन सबैलाई आग्रह गरिएको छ । कपिलवस्तु जिल्ला अस्पतालका मेसु किशोर बन्जाडेले कोरोनाको लक्षणमा खोकी लाग्ने, ज्वरो आउने र श्वास फेर्न गाह्रो हुने हुँदा सबैलाई समयमै सचेत हुन आग्रह गरेका थिए । उनले मौसम परिवर्तनको समयका बेला भाइरसहरु सक्रिय हुने हुँदा विशेष सचेत हुनुपर्ने बताए ।

प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलको अध्यक्षता रहेको छलफल कार्यक्रममा जिल्लाका सरोकारवाला निकाय, प्रमुख तथा प्रतिनिधि, १० वटै स्थानीय तहका नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृतहरु, विभिन्न सरकारी कार्यालयका प्रमुख, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित् समाचार