आउँदै गरेको फागु पूर्णीमामा पर्ने होली पर्वलाई सभ्य, व्यवस्थित र मर्यादित तरिकारले मनाउन बुद्धभुमी नगरपालिका वडा नं ५ का अध्यक्ष वेचन प्रसाद यादवले आग्रह गर्नुभएको छ । होली मनाउने नाममा कसैको इच्चा विपरित रंग दल्ने, अमर्यादित, गैह्रकानुनी र उच्श्रृखल किसिमका गतिविधि नगर्न समेत सबैलाई अनुरोध गर्नुभएको छ ।
साथै कोराना भाइरसबाट सजग रहन सम्पूर्ण वडा बासीमा आग्रह गर्नुभएको छ । विश्वभर त्रास फैलाएको कोरोना भाइरस कुनै पनि बेला, जुन सुकै व्यक्तिलाई लाग्न सक्ने भन्दै पूर्व सचेतना जरुरी रहेको उहाँले औल्याउनुभयो ।
यही फाल्गुण २६ गते पहाड र फाल्गुण २७ गते तराईमा होली पर्व परेको छ । पहाडीया मधेसी र चौधरी समुदायको मिश्रित बसोबास रहेको कपिलवस्तुको बुद्धभुमी नगरपालिकामा दुई दिननै होली खेलिने गरिएको छ । विशेष गरि चौधरी र मधेसीले होलि पर्वलाई विशेष रुपमा मनाउने भएकाले सभ्य तरिकाले होलि खेल्न अनुरोध गर्दै सबै वडा बासिलाई होलिको शुभकामना दिनुभएको छ ।
होलिलाई सभ्य तरिकाले मनाउन वडा अध्यक्ष यदवको आग्रह


लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैआजको राशिफल
११ घण्टा अघि
आज सन्दीप लामिछानेविरुद्धको मुद्दामा सुनुवाइ हुँदै
११ घण्टा अघि