फागु पूर्णीमामा पर्ने होली पर्वलाई सभ्य, व्यवस्थित र मर्यादित तरिकारले मनाउन बाणगंगा नगरपालिका वडा नं ८ का अध्यक्ष गुणनिधि भुसालले आग्रह गरेका छन । होली मनाउने नाममा कसैको इच्चा विपरित रंग दल्ने, अमर्यादित, गैह्रकानुनी र उच्श्रृखल किसिमका गतिविधि नगर्न समेत सबैलाई सुझाव दिएका छन ।
साथै कोराना भाइरसबाट सजग रहन सम्पूर्ण वडा बासीहरुलाई आग्रह गरे। विश्वभर त्रास फैलाएको कोरोना भाइरस कुनै पनि बेला, जुन सुकै व्यक्तिलाई लाग्न सक्ने भन्दै पूर्व सचेतना जरुरी रहेको उनले जनाए ।
यही फाल्गुण २६ गते पहाड र फाल्गुण २७ गते तराईमा होली पर्व परेको छ । पहाडीया मधेसी र चौधरी समुदायको मिश्रित बसोबास रहेको कपिलवस्तुको बाणगंगा नगरपालिकामा दुई दिननै होली खेलिने गरिएको छ । विशेष गरि चौधरी र मधेसीले होलि पर्वलाई विशेष रुपमा मनाउने भएकाले सभ्य तरिकाले रंगको प्रयोग नगरि होलि मनाउन अनुरोध गर्दै सबै वडा बासिलाई होलिको शुभकामना दिए ।