गृहपृष्ठ अन्तरास्ट्रिय खबर नेपाल वायुसेवा निगमद्धारा दोहाका सम्पूर्ण उडान स्थगित

नेपाल वायुसेवा निगमद्धारा दोहाका सम्पूर्ण उडान स्थगित

प्रकाशित मिति:

नेपाल वायुसेवा निगमले कतारको दोहाको नियमित उडान तत्कालका लागि स्थगित गरेको छ । निगमले चीनको वुहानबाट तीव्र गतिमा फैलिरहेको कोरोना भाइरस सङ्क्रमणलाई मध्यनजर गर्दै दोहाको सम्पूर्ण उडान अस्थायी रुपमा स्थगित गरेको हो । दोहाको नियमित उडान हाललाई १० मार्च २०२० बाट अर्को निर्णय नहुन्जेल स्थगित हुने भएको छ ।

कतारले कोरोनाको जोखिम न्यूनीकरण गर्न नेपाल लगायत १४ देशका नागरिकलाई कतार प्रवेशमा अस्थायी प्रतिबन्ध लगाएको भन्दै विज्ञप्ति जारी गरेको थियो । २०७६ फागुन २६ गते र त्यसपछिका उडानका टिकट खरीद गरेका यात्रुहरुलाई टिकट फिर्ता गर्दा भुक्तानी गरेको रकम पुरै उपलब्ध गराइने भएको छ । निगमले टिकटको उडानको मिति २ पटकसम्म परिवर्तन गर्न शुल्क नलाग्ने व्यवस्था गरेको छ । नेपाल वायुसेवा निगमले हालसम्म दोहाका लागि हप्तामा सातै दिन उडान गर्दै आएको थियो ।

सम्बन्धित् समाचार