कपिलवस्तुको क्षेत्र नंं। ३ का सांसद अभिषेक प्रताप शाहले बालबालिकालाई शिक्षा दिए मात्र देशको विकास हुने बताउनु भएको छ । उहाँले यो क्षेत्र शिक्षामा पछाडी परेको बताउँदै देश बालबालिकाहरुकै हो, हरेक क्षेत्रको विकासका लागि बालबालिकालाई विद्यालय पठाउन अनुरोध गर्नुभयो ।
आजका बालबालिका चेतनशील भए भोलि आफ्नो गाउँठाउँ र देशको विकासमा महत्वपूर्ण भूमिकाको निर्वाह गर्न सक्ने उहाँले बताउनुभयो । सोमवार विजयनगर गाउँपालिकाको वडा नं। ७ दत्तपुरमा शिव मन्दिरको पुनः निमार्ण शिलन्यास गर्दै शाहले यस्तो बताउनु भएको हो । अहिले कोरोना भाइरसको बढी जोखिम भएकोले सचेत रहन र होली पर्वलाई शान्तिपूर्ण मनाउन अनुरोध समेत गर्नभयो । उहाँले शिव मन्दिर निमार्णका लागि ५१ बोरी सिमेन्ट सहयोग गर्नुको साथै थप आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।
यस्तै समाजवादी पार्टीका केन्द्रिय सदस्य मंगल प्रसाद गुप्ताले हरेक समुदायको सहयोगले शिव मन्दिरको निमार्ण हुने भएकाले यसले एक आपसमा भाईचाराको सम्बन्ध कायम गर्ने बताउनुभयो । उहाँले विजयनगर गाउँपालिकाले गरेका विकास अन्य नगरपालिका र गाउँपालिका भन्दा निकै राम्रो विकासमा फड्को मार्न सफल हुँदै गएको प्रशंसा गर्दै अध्यक्ष गोपाल बहादुर थाापालाई धन्यवाद समेत दिनुभयो । एक पार्टीले अर्को पार्टीलाई अलोचना गर्छन् तर म अर्को पार्टीको भए पनि राम्रो कामलाई, राम्रो भन्ने मेरो मान्यता रहेको कुरा व्यक्त गर्नुभयो ।
समाजवादी पार्टी ५ नं। प्रदेशका प्रवक्ता अकरम पठानले सबैको सहयोगमा मन्दिर निमार्ण हुन लागेको भन्दै प्रशंसा व्यक्त गर्नभयो । यसले सुमुधुर भाईचाराको सम्बन्धलाई कायम गर्दै विकासका कार्यमा मदत पुग्दै जाने र मन्दिर निमार्ण कार्यमा आफू सक्दो गर्दै जाने प्रतिबद्धता जनाउनुभयो ।
यस्तै गाउँपालिका अध्यक्ष गोपाल बहादर थापाले सामाजिक सदुभाव, धार्मिक सहिष्णुता कायम गर्ने बताउनुभयो । धर्मसँग हाम्रो समाज र परिवार जोडिएको बताउँदै इतिहास, धार्मिक सहिष्णुता र मौलिकताको संरक्षण हुने कुरामा जोड दिनुभयो । हरेक समुदायको सम्मानले मात्र विकास हुने अध्यक्ष थापाले बताउनभयो ।
उक्त शिव मन्दिर गाउँपालिकाको ३ लाख र चन्दाताको २ लाख ७५ गरी ५ लाख ७५ हजार रुपियाँको सहयोगमा निमार्ण हुन लागेको उपभोक्ता निमार्ण समितिका अध्यक्ष हिरालाल यादवले जानकारी दिनुभयो ।