गृहपृष्ठ खबर कपिलवस्तुमा प्रहरीद्धारा बलत्कार प्रयास, दोषी माथी कारवाहीको माग स्थानियले गरे प्रहरी चौकी घेराउ

कपिलवस्तुमा प्रहरीद्धारा बलत्कार प्रयास, दोषी माथी कारवाहीको माग स्थानियले गरे प्रहरी चौकी घेराउ

कपिलबस्तुको शुद्दोधन गाउँपालिका वडा नम्बर १ लबनी स्थित प्रहरी चौकीका सुरक्षाकर्मीद्धारा महिला माथी बलात्कारको प्रयास गरिएको हो । हेमन्त बहादुर कुमार द्वारा राती १२ बजे सुते पछि महिला माथी बलात्कार जस्तो घृणाजनक दुर्बब्यवहारको प्रयास गरिएको हो ।

पिडित महिला भारतको उत्तर प्रदेश बलरामपुर जिल्ला थाना तुलसियापुर बस्ने हाल २ महिना देखि नेपालमा बसी मगन्तेको काम गरि जिविकोपार्जन गरेकी उनी स्वयमले बताएकी हुन । जसको नाम सुमन पाण्डे (नाम परिवर्तन) माथी प्रहरीले गरेको बलात्कार प्रयास गरे पछि स्थानीय बसिन्दाद्वारा प्रहरी चौकी लबनी लाई घेराउ गरिएको थियो ।


स्थानियले थाहापाई दोषी माथी कारवाहीको माग गर्दै प्रहरी चौकी लबनी घेराउ गरेको एक स्थानियले बताएका छन् । लबनी गाँउको दक्षिण बगैचामा राती १२ बजे तिर नेहा पाण्डेंय सुति रहेको खाट निर पुगी झुल हटाई हाथ समाती छुन खोज्दा पाण्डेंयले हल्ला गरेको संचारकर्मि समक्ष वताईकि छिन् । बगैचामा सुति रहेका अरु मगन्तेले प्रतिकार गर्दा हवल्दारले कुटपिट समेत गरेको वताईएको छ । अरोपति हवल्दार माथी प्रहरी ऐन नियम अनुसार कार्यवाही गरिने जिल्ला प्रहरी कार्यलय लबनीका प्रहरी नायव उपरिक्षक शुनिल मल्लल मल्लले जानकारी दिनुभएको छ ।

सम्बन्धित् समाचार